मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज


पेरिस । कोरोना भाइरसबाट विश्वभर संक्रमित भएकामध्ये बुधबार रातिसम्ममा पाँच लाख १६ हजार ३०६ जनाको मृत्यु भएको छ । 
 
विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १६ हजार २९७ पुगेको हो । 
 
विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख ५० हजार ८५२ पुगेको छ भने संक्रमितहरुको कुल संख्या एक करोड ६ लाख ८२ हजार २४३ नाघेको छ । 
 
कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख ४६ हजार ३६९ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार ३६५ पुगेको छ । 
 
कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । सुरुमा प्रभावितको सूचीमा पछाडि नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख २६ हजार ९१३ जना सङ्क्रमित भएका छन् भने ६० हजार १९४ जनाको मृत्यु भएको छ ।
 
त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ । 
 
सङ्क्रमितहरुको संख्याका आधारमा चौँथोमा भारत, पाँचौँमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् । 
 
कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि लकडाउन खुकुलो हुँदा मानवीय गतिविधिहरुमा वृद्धि हुन थालेको छ । एएफपी