मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यस्तो तरिकाले कांग्रेसको संगठन (जनसम्पर्क समिति अमेरिका ) चल्दैन राजा हो

यस्तो तरिकाले कांग्रेसको संगठन (जनसम्पर्क समिति अमेरिका ) चल्दैन राजा हो


हिमालयखवर संवाददाता
अमेरिका- नेपाली कांग्रेस पार्टीको अन्तराष्ट्रिय इकाई मानिने जनसम्पर्क समिति अमेरिका भित्र विवाद नयां होइन । विवाद कतिसम्म तल्लो तहको छ, भन्ने जान्न यो करिव ८ मिनेट भिडियो हेर्दा स्पष्ट हुन्छ ।
 
तल्लो स्तरमा गाली गलौजको अवस्था आएपछि एक जना कार्यकर्ताको प्रतिकृया थियो यस्तो तरिकाले कांग्रेस संगठन जनसम्पर्क समिति चल्दैन राजा हो ।
 
नेपालमा कम्युनिष्ट पार्टीको सरकार र कमजोर कांग्रेसका कारण प्रजातन्त्र, गणतन्त्र, अभिव्यक्ति र सम्पत्ति राख्ने स्वतन्त्रता समेत कमजोर भएको छ ।
 
यस्तो अवस्थामा विदेशमा रहेका विदेशमा रहेका कांग्रेस र प्रजातन्त्र, गणतन्त्रका समर्थक सकृय हुनुपर्ने थियो । तर, यो भिडियोमा हेर्दा कांग्रेस समर्थक र शुभेच्छुकलाई निराश वनाउंछ । नेपालको राजनीति र पार्टी भित्र यो दृष्य नयां होइन । तर, शुद्धिकरण गरेर कहिले जाने ?
 
यो कांग्रेस युवा नेता तथा जनसम्पर्क समिति सम्वन्धि मामिला हेर्ने गोविन्द भट्राई समेत उपस्थित हालैको एक जुम बैठकको भिडियो हो ।
 
विदेशमा तरुण तल नेविसंघ जस्ता कांग्रेस भातृ संगठनको प्रतिनिधि हुं भन्दै किन कोठा कोठाका चिनाइन्छ, कांगे्रसको विद्यानमा यो कहां छ, भन्ने तर्क राखेपछि अर्का वक्ताले सभापति आनन्द विष्टलाई ६ बर्ष सम्म अधिवेशन नगराउने तपाई के को सभापति भन्ने आरोप लगाएका छन् ।