मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वभर पाँच लाख १० हजार ५८३ जनाको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख १० हजार ५८३ जनाको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १० हजार ५८३ पुगेको छ ।
 
साथै विश्वभर १ करोड ४ लाख ९५ हजार ४६८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख २३ हजार ७८० जना निको भएका छन्।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ९७ हजार ६३४ जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २९ हजार ४६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २२ लाख ३ हजार ९४३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८४ हजार ३२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ४६ हजार २७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।
 
यहाँ १ लाख ६७ हजार ८९० जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख ४० हजार ५१४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ४७८ को मृत्यु भएको छ । एसियामा २२ लाख ९६ हजार ७०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५६ हजार ८०४ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ३ लाख ९७ हजार ८३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९४१ जनाको मृत्यु भएको छ ।
 
ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा