मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनमा वर्षाको कहर : कम्तीमा १२ जनाको मृत्यु, एक करोड २० लाख मानिस प्रभावित

चीनमा वर्षाको कहर : कम्तीमा १२ जनाको मृत्यु, एक करोड २० लाख मानिस प्रभावित


बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
 
वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् । 
 
सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरु र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । 
 
स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 
 
दक्षिणी चीनमा जुन महिना शुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुनेक्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ । 
 
मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अबरोध र अन्य किसिमका अबरोधका कारण दक्षिणी चीनका झण्डै १ करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब ७ लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ ।
 
बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब ३ अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरुमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ । 
 
चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । 
 
चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ । एएफपी