मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५ हजार ५१२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३ लाख २ हजार २३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ८७ हजार ७०५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४२ लाख ९ हजार १९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ४८० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ४७ हजार ७०९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४९९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ९०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ४०१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ८७ हजार ८६२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ७५२ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख २४ हजार ५२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ९४३ को मृत्यु भएको छ । एसियामा २२ लाख ४५ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५ हजार ५४७ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ३ लाख ८६ हजार ६४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ७२८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपी