मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो


काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ४७६ जनामा संक्रमण पुष्टि गरेको छ ।
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ११२ महिला र ३६४ पुरुष गरी ४७६ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमा एक हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । 
 
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३, शनिबार ५५४ र आइतबार ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा झापा, पर्सा, सर्लाही, धनुषा, सिरहा, कास्की, म्याग्दी, पर्वत स्याङ्जा, तनहुँ, नुवाकोट र बाँकेका गरी थप १२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १३ महिला र १०८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३१६४ पुगेको छ । जसमा २६६ महिला र २८६६ पुरुष रहेका छन् । 
 
२४ घन्टामा पिसिआर विधिबाट १ हजार ८२२ जना र तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
 
उनका अनुसार देशभर हालसम्म २ लाख २३ हजार ६३० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९७ हजार ८७१ भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५७ हजार ३६८ जना क्वारेन्टाइनमा र १० हजार ८५ जना आइसोलेसनमा रहेका छन् ।