मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको दुई राज्यमा प्रवासी नेपाली एकता मञ्चको रक्तदान

अमेरिकाको दुई राज्यमा प्रवासी नेपाली एकता मञ्चको रक्तदान


टेक्सास, अमेरिका । कोरोना महामारीले विश्वलाई नै त्रस्त बनाइरहेको अवस्थामा अमेरिकाको अग्रणी संस्था प्रवासी नेपाली एकता मञ्चले न्यूयोर्क र टेक्सासको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।  
 
दुई राज्यमा भएको रक्तदानअन्तर्गत न्यूयोर्क सहरको उडसाइडस्थित सत्यनारायण मन्दिरमा रगत दिन उपस्थित १३७ मध्ये ९१ जनालाई  रगत दिन योग्य मानेर उनीहरुबाट रगत संकलन भएको थियो ।
 
न्यूयोर्कमा जस्तो धेरैले एकैपटक भेला भएर रक्तदान दिन र संकलन गर्न खुल्ला स्थिति नभएकोले टेक्सासमा भने १७ जनाको रगत संकलन सम्पन्न भएको छ । कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न गर्न दुवैतर्फ कार्यक्रमको संयोजन गर्न मञ्चका केन्द्रीय सदस्यहरुलाई संयोजक तोकिएको थियो । जसमा न्यूयोर्कमा संस्थाका केन्द्रीय सदस्य तथा सक्रिय समाजसेवी कृष्ण आचार्य, टेक्सासमा संस्थाका केन्द्रीय सदस्य एवं इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष समाजसेवी सुशील क्षेत्रीले संयोजन गरेका थिए । 
 
न्यूयोर्कको रक्तदानमा संस्थाका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्तसमेतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अधिकांश सदस्यले रक्तदान गरेका थिए । 
 
टेक्सासमा संस्थाका वरिष्ठ नेता समाजसेवी भीम कार्की, कोषाध्यक्ष युवराज खनाल, ब्लड डोनर्स एसोसियसन अमेरिकाका शिव काफ्ले र पूर्वअध्यक्ष नन्द रेग्मीलगायतले रक्तदान गरेका थिए । 
 
दुवैतर्फको रक्तदान कार्यक्रमलाई एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम विक्रम भट्टराईले समन्वय गर्ने काम गरेकोमा न्यूयोर्कमा उनलाई प्रमुख अतिथि बनाइएको थियो । न्यूयोर्कको कार्यक्रममा न्यूयोर्क राज्यकी राज्यसभा सदस्य क्याटलिना क्रुज स्वयं सहभागी भएर रक्तदाताहरुलाई धन्यवाद दिएकी थिइन् ।
 
कार्यक्रममा जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका उपाध्यक्ष बिआर लामा, आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ्ग, विश्वभर रक्तदान अभियान चलाउने र सर्वाधिक रक्तदान गर्ने  अर्जुन मैनाली, शेर्पा केदुंगका अध्यक्ष उर्गेन शेर्पा , तामाङ्ग संघ अमेरिकाका अध्यक्ष एवं न्यूयोर्कका सामाजिक हस्ती लक्यान लामा, ब्लड  डोनोर्स अमेरिकाका हस्ती एवं गैरआवासीय नेपाली संघका अग्रज संजीव श्रेष्ठ , शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष विजय गुरुङ,  मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राई गुरुङ, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीसहित पत्रकारहरु आङ्ग छिरिङ्ग शेर्पा, अकुर लुइँटेललगायत थुप्रै सामाजिक व्यक्तित्वहरुले रगत दिनुको साथै मञ्चलाई धन्यवाद दिएका थिए । 
 
कार्यक्रममा ब्लड सेन्टरको लक्ष्यभन्दा धेरै जनाले  रक्तदान गर्न सफल भएको भन्दै ब्लड सेन्टरका डाइरेक्टर अशाद अब्दुलले खुसी व्यक्त गरे । उनले न्यूयोर्कमा कोभिड-१९ को समयमा यो नै सबैभन्दा ठूलो कम्युनिटी रक्तदान भएको जानकारी दिए । 
 
कार्यक्रम सम्पन्नपश्चात् प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङ, कार्यक्रम संयोजकहरु कृष्ण आचार्य र सुशील क्षेत्रीलगायत संस्थाका जिम्मेवार पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले रक्तदाता, स्वयमसेवीदेखि सहभागी सबैलाई आभार प्रकट गरेका थिए ।