मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख बढीको मृत्यु


जेनेभा । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार आइतबार रातिसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर एक करोड एक लाख ६९ हजार ३७८ पुगेको छ ।
 
यसैबीच, जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख २ हजार ७९७ जनाको मृत्यु भएको उल्लेख छ । हालसम्म ५५ लाख ८ हजार ३४६ संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । 
 
डब्लुएचओका अनुसार विगत २४ घन्टामा विश्वभर संक्रमण पुष्टि हुनेको संख्या एक लाख ७६ हजार ५६८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४५४७ रहेको छ । 
 
आइतबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको संख्या पाँच लाख २ हजार ७९७ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ । 
 
विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घन्टामा कोरोना भाइरस संक्रमणको महामारीका कारण नयाँ संक्रमित हुनेको संख्या एक लाख ९४ हजार १९० रहेको थियो भने ४ हजार ८९१ जनाको मृत्यु भएको थियो ।
 
विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी संक्रमित तथा मृतकको अमेरिकामा रहेको छ युरोपमा करिब २५ लाख ७२ हजार ६६६ संक्रमित रहेका छन् । त्यस्तै एसियामा २१ लाख ९७ हजार ४८८ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । 
 
संक्रमणका आधारमा भन्ने हो भने कोरोना भाइरसबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत, बेलायत, स्पेन, पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एसियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । 
 
तथापि, अमेरिका, भारत, डेनमार्क र इटालीसमेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोना भाइरस फैलिनेक्रम तीव्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् । 
 
अमेरिकामा कुल २६ लाख १७ हजार ८४७ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख २८ हजार २४३ पुगेको छ । यस्तै, ब्राजिलमा १३ लाख १९ हजार २७४ जना संक्रमित भएकोमा ५७ हजार १४९ जनाको मृत्यु भएको छ । 
 
रसियामा कुल ६ लाख ३४ हजार ४३७ जना संक्रमित रहेकोमा ९ हजार ७३ को मृत्यु भएको छ । यस्तै भारतमा ५ लाख ४८ हजार ८१७ जना संक्रमित भएकोमा १६ हजार ४८५ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा