मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो


काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलियोएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ४६३ जनामा संक्रमण पुष्टि गरेको छ ।
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । 
 
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३ र शनिबार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १३ महिला र १६६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३०१३ पुगेको छ । जसमा २५५ महिला र २७५८ पुरुष रहेका छन् । 
 
२४ घन्टामा पिसिआर विधिबाट ४ हजार ९६३ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
 
उनका अनुसार देशभर हालसम्म २ लाख १५ हजार ८४० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६५ हजार ७१२ जना क्वारेन्टाइनमा र ९ हजार ९१० जना आइसोलेसनमा रहेका छन् ।