मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । 
 
कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 
 
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा २० हजार १३१ जना सङ्क्रमित भएका हुन् । 
 
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ३८ हजार ६८९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ५ हजार ६०२ पुगेको छ । 
 
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख १६ हजार ८२३ पुगेको अधिकारीहरुले जनाएका छन् ।  
 
भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोना भाइरसका कारण ४१४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार २६२ पुगेको जनाइएको छ । 
 
कोरोनाभाइरसबाट सबभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना सङ्क्रमित भएका छन् । 
 
त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना सङ्क्रमित भएको जनाइएको छ । एएनआई