मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएसटीको ‘समर स्कूल’ आइतबारबाट शुरु

एनएसटीको ‘समर स्कूल’ आइतबारबाट शुरु


टेक्सस(अमेरिका)-   नेपाल समाज टेक्सासले अाज अाइतबारबाट नयाँ सेसन सहितको समर स्कुल सुरू गर्दैछ । गत साता आइतवार स्कूल कमिटीले फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको तालिका अनुसार हिजो राती ९:०० बजे सम्म मात्र भर्ना लिने जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराएका थिए ।  
 
सोहि तालिका अनुसार स्कूलको भर्ना सम्बन्धी जानकारी लिनअाइतबार बिहान प्रिन्सिपल भट्टराईसँग सम्पर्क गर्दा नेपालका दुइ बिद्यार्थीहरु सहित अमेरिकाका ११ राज्यहरुका ३२ शहरहरु बाट गरि जम्मा १५३ बिध्यार्थीहरु अनलाइन मार्फत भर्ना भएको जानकारी दिएका छन्।
 
भर्ना भएकाहरु मध्ये १२० बिद्यार्थी भने टेक्सास राज्य मात्र रहेका छन। यस अघि पनि कोरोना कहरका कारण बिगत चार महिना देखि घर भित्रै बस्न बालबालिकाहरुलाई उक्त स्कूलले गत मार्च देखि मे सम्म ३ महिनाको निमित्त अनलाइन स्कूल संचालन गरिएको थियो। टेक्सासको डाल्लास शहरमा मात्र सिमित रहेको यो स्कूलमा अनलाइनका कारण सबैका लागि खुल्ला गरिएको छ।  
 
अमेरिकामा तीन महिना गर्मीको बिदा हुन्छ। बिदामा बाहिर घुम्न जाने, रमाइलो गर्ने यो समय घरभित्रै बस्न बाध बालबालिकाहरुलाई बिभिन्न ५ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी यस अघि सार्वजनिक गरिएको कार्यक्रममा जनाइएको थियो।   
 
स्कूलमा पढाई हुने बिषयहरु र समय तालिका यस प्रकार रहेको छ।  
 
१. Nepali & Moral Science (Basic): 
June 28 to Aug. 02 (Every Sunday @ 1:00 PM CST – 2:30 PM CST)
 
. Nepali & Moral Science (Intermediate) 
  June 28 to Aug. 02 (Every Sunday @ 1:00 PM CST – 2:30 PM CST) 
 
३. Entertainment Session – Nepali & Moral Science (Basic & Intermediate  दुवै कक्षामा हुनेछ ) 
 
४. Public Speaking & Leadership –   
June 28 Saturday @ 11:30 – 1:00 PM CST) 
July 04 to Aug. 02 (Every Saturday @ 11:30 – 1:00 PM CST) 
 
.  Website Development –  (Every Sunday, Tuesday & Thursday @7:30 CST – 8:30 CST)
 
६. Spiritual and Cultural Summer Camp: August 02 – August 16.