मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, थप एकसहित २८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, थप एकसहित २८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी ५९३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा ३६९ महिला र १० हजार ९३८ पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । 
 
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४ र शुक्रबार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म २८ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेका छन् । 
 
नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । पछिल्लोपटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २८३४ पुगेको छ । जसमा २४२ महिला र २५९२ पुरुष रहेका छन् । 
 
२४ घन्टामा पिसिआर विधिबाट ४ हजार ६०६ जना र आरडिटी विधिबाट ३ हजार ६८५ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
 
उनका अनुसार देशभर हालसम्म २ लाख १० हजार ८७७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७५ हजार ७१२ जना क्वारेन्टाइनमा र ९ हजार ४४७ जना आइसोलेसनमा रहेका छन् ।