मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्व रक्तदान दिवस सम्पन्न

विश्व रक्तदान दिवस सम्पन्न


ड्यालस (टेक्सस) –   विश्व रक्तदान दिवस तथा ब्लड डोनर्स अमेरिकाको एघारौं स्थापना दिवस सम्पन भएको छ  I
बिडिए टेक्सस च्पाप्टरले कोरोना कहरलाइ छल्दै बिशेष भर्चुअल कार्यक्रम सम्पन्न गरेको थियो I यस कार्यक्रमको मुख्य उदेश्य रक्तदान कार्यलाई अझै ब्यापकता बनाउदै रक्त अभावमा रहेकाहरुको जीवन बचाउने र आफु पनि स्वास्थ्य रहन सबैमा प्रेरणा जागोस भन्ने रहेको थियो I 
नियमित रुपमा रक्तदान गरी जीवनको उपहार दिने सामाजिक अभियन्ताहरु र रक्तदानको लागि प्रेरणा र सहयोग जुटाउने सबै संघ संस्थाहरुलाइ पनि कार्यक्रममा सम्मान र आभार प्रकट गरिएको थियो । विश्व रक्तदान दिवस विश्व स्वास्थ संगठन लगायत विश्वका सबै राष्ट्रहरुमा सन्  २००५ देखि एक बिशेष दिनका रुपमा मनाइने गरिन्छ I त्यसै गरी बिडिए टेक्ससले कार्टर ब्लड सेन्टर अर्भिङमा गएर कोरोनाको कारण सिमित रक्तदाताहरुलाई सहभागिता गराएको थियो ।
रक्तदान कार्यक्रम महासचिब अजय बगालेको संयोजकत्वमा भएको थियो । विश्व रक्तदान दिवसको यस बिशेष Virtual कार्यक्रम बिडिएका संस्थापक महासचिब लिला श्रेष्ठले संचालन गरेका थिए ।  रक्तदान तथा स्वास्थ्य शिक्षा क्षेत्रमा समर्पित एक मात्र सामाजिक संस्था रहेको र यसले गत ११ वर्ष देखि अमेरिकाको विभिन्न शहरहरुमा रक्तदान तथा स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको त्यस अवसरमा जानकारी दिइएको थियो । 
 
बिडिएका अध्यक्ष लिला राज दहालले विश्व रक्तदान दिवश कार्यक्रमका प्रत्यक्ष सहाभागी सबैलाई स्वागत गर्दै सम्पूर्ण रक्तदाता, पत्रकार, विभिन्न संघ संस्था, श्रोता तथा दर्शक हरुलाई साथ र सहयोगको लागि धन्यबाद दिए I 
 
कार्यक्रमका मुख्य बक्ता जोन सेफर्डले रक्तदानमा संलग्न हुनुका कारणबारे प्रकाश पारेका थिए । सेफर्डले अहिलेसम्म दुइसय ७४ पटक रक्तदान गरिसकेका छन् । 
 
कार्यक्रममा वक्ताहरूले रक्तदानकाे महत्व, स्वास्थमा पार्ने सकारात्मक प्रभावका बारेमा चर्चा गरेका थिए ।