मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस ड्यालसको एक परिवारका लागि महंगो पर्यो बर्थडे पार्टी

टेक्सस ड्यालसको एक परिवारका लागि महंगो पर्यो बर्थडे पार्टी


हिमालयखवर संवाददाता
अमेरिका- सरप्राईज बर्थडे पार्टी मनाउनु टेक्सस ड्यालसको एउटा परिवारका लागि महंगो सावित भएको छ । उक्त सरप्राईज बर्थडे पार्टीका सहभागी मध्ये कम्तिमा पनि १८ जना कोभिड १९ को संक्रमणमा परेका छन् ।
 
अनलाइन बजफिडको समाचार अनुसार टेक्सस ड्यालसमा वस्दै आएको रन बारवोसको परिवार कोभिड १९ को महामारी भएपनि नजिकै हिमचिम गर्दै वस्दै आएका थिए । प्राय प्रत्येक दिन एक अर्कासंगै हुने गरेका थिए । कोभिड १९ महामारीमा पनि यसरी उठवस गर्दा केही हुदैंन भन्ने उनीहरुलाई लाग्यो ।
 
यही केही हुदैंन भन्ने लागेर परिवारका एक सदश्यको गत महिना सरप्राईज बर्थडे पार्टी आयोजना गरियो । अहिलेसम्म ठुलो परिवार भएको उक्त सरप्राईज बर्थडेमा सहभागी १८ जनालाई कोभिड १९ संक्रमण भएको छ । जसमध्ये ३ जनालाई उपचारका लागि अस्पतालनै भर्ना गर्नु परेको छ । उक्त परिवारका ८८ बर्षिय बुबा, ८६ बर्षिय आमा र उनी कि बहिनी क्यान्सरको उपचार पनि भएको थियो ।
 
सवैले परिवार भित्रै पार्टी गर्दा केही हुदैंन, भन्ने भयो त्यसैले जमघट गरयौं परिवारका एक सदश्यलाई उदृत गर्दै बजफिडले जनाएको छ ।
 
टेक्ससमा केही दिन यता कोभिड १९ को संक्रमण उच्च बृद्धि भएको छ । संक्रमितको संख्या करिव १ लाख ४० हजार पुगेको छ । संक्रमण हुने मध्ये  करिव २४ सयको मृत्यु भएको छ ।
 
क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा केही दिन यता कोभिड १९ को संक्रमण हुने संख्या बृद्धि हुदैं गएको हो । यी राज्यमा भिडभाड हुने गतिविधिलाई न्यून गर्न गभर्नरहरुले अनुरोध गरेका छन् । यी राज्यले पहिले सार्वजनिक गतिविधिलाई खुकुलो वनाएका थिए ।
 
यी तिनै वटै ठुलो जनसंख्या भएका राज्य हुन् । आर्थिक कृयाकलापमा पनि यी राज्यको हिस्सा उच्च छ  । यी राज्यमा नेपाली समुदायको बसोवास पनि धेरै छ । टेक्सस, क्यालिफोर्नियामा व्यवसायमा गर्ने व्यवसायीको संख्या उच्च छ । तस्बिर: सामाजिक संजाल