मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९३ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९३ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९३ हजार ४०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख ९० हजार जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ९७ हजार ५४२ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३९ लाख ८८ हजार ८८५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ४९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख १२ हजार ७५७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २६ हजार ९१९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १९ लाख ९० हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७८ हजार ७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख २८ हजार ६१५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६३ हजार ३१२ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २३ लाख ८५ हजार १०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ८५७ को मृत्यु भएको छ । एसियामा २१ लाख १३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५२ हजार ८७४ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ३ लाख ५२ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १४७ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा ।