मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चार्टर्ड फ्लाइट मार्फत अमेरिकाबाट दुइसय ४६ नेपाली फर्किए

चार्टर्ड फ्लाइट मार्फत अमेरिकाबाट दुइसय ४६ नेपाली फर्किए


हिमालयखबर संबाददादा 
ड्यालस (टेक्सस) – कोरोना भाइरसका कारण नेपाल फर्किनबाट रोकिएका झण्डै अढाइसय नेपाली विहीबार कतार एअरको चार्टर्ड फ्लाइटबाट काठमाडौं उँडेका छन् ।
 
ड्यालसको ‘डिएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थल’ बाट विहीबारको चार्टर्ड फ्लाइटमा नेपाल जानका लागि दुइसय ४६ जनाले टिकट लिएका थिए । अमेरिकामा आफन्त भेट्न आएर रोकिएका उनीहरुलाई नेपाल सरकारको पहल तथा वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावास र एनआरएन अमेरिकाको समन्वयमा नेपाल पठाइएको हो । 
 
दुई दिन अघि टर्किस एअरलाइन्सबाट न्यूयोर्क हुँदै दुइसय ७७ जना नेपाल फर्किएका छन् । डिसीस्थित नेपाली दूतावासका इकोनमिक कन्सुलर होमकान्त भण्डारीका अनुसार विमानसेवा बन्द हुँदा अभरमा परेर रोकिएकाहरुलाई दुईवटा चार्टर्ड उडानबाट नेपाल पठाइसकिएको र अझै पनि आवेदन दिनेहरु बाँकी छन् । 
 
‘माग बढेमा अर्को चार्टर्ड उडान गरेर पठाउन सकिनेछ । तर अभरमा परेका धेरैजसो नेपालीहरु दुइ उडानबाट नेपाल फर्किनुभयो होला भन्ने हामीले अनुमान गरेका छौँ’ भण्डारीले भने । नेपाल जानका लागि दूतवासले सुरु गरेको अनलाइनमा एकहजार चारसयले आवेदन दिएका थिए । 
 
चार्टर्ड उडान मार्फत ड्यालसबाट नेपाल जानेका लागि एकहजार ६ सय डलर भाडा एअरलाइन्सले लिएको छ । कतिपय यात्रीले यो भाडा महंगो भएको गुनासो गर्दै नगएको अनुमान छ । केही साता अघि काठमाडौं स्थित अमेरिकी दूतावासको समन्वयमा नेपालबाट अमेरिका ल्याइएका यात्रुले जनही दुइहजार पाँचसय डलर भाडा तिरेका थिए ।
 
‘आज नेपाल फर्किन लाग्नुभएका धेरैको अनुहारमा खुशीयाली देखिन्थ्यो’ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेले भने । बञ्जाडे यात्रुहरुलाई विदाई गर्न विमानस्थलमै पुगेका थिए । 
 
आज ड्यालसबाट उँड्नेमा अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियादेखि लिएर कोलोराडो, ओक्लाहोमा लगायत मध्य र पश्चिमी भेगका राज्यमा आएका नेपालीहरु अधिक छन् । 
 
‘आठ महिना अघि दिदीलाई अमेरिका देखाउन बोलाएको थिएँ । दुई महिना अघिनै फर्किने टिकट थियो । भिसा पनि थप गरिसकेको थिएँ । तर अहिले चार्टर्ड उडानमा जाने इच्छा राख्नुएका कारण उहाँलाई पठाएँ’ नेपाली समाज टेक्ससका सदस्य युधिष्ठीर नेपालले भने ।  नेपालले रुपन्देही भलबारीकी दिदीलाई कोभिड १९ को परिक्षण गराएर नेगेटिभ देखिपछि पठाएका हुन् । 
 
परिक्षण गरेको प्रमाण लिएर जाँदा सरकारले तोकेको आइसोलेसन सेन्टरमा बस्नुपर्दैन । सिधै घर पुगेर क्वारेन्टाइनमा बसे हुन्छ । 
 
दूतावास र एनआरएनएले सिकागोबाट पनि चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । तर प्रयाप्त यात्रु नहुँदा रद्ध भएको छ ।
 
महाबीरलाई स्वास्थ सामग्री पठाइयोः
यसैबीच ड्यालसका नेपालीमुलका स्वास्थकर्मीहरुले राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुनलाई झण्डै ५० पाउण्ड तौल बराबरको स्वास्थ सामाग्री पठाएका छन् ।
 
फोर्टवर्थमा बस्दै आएकी नेपालीमुलकी नर्स अञ्जु खरेल बञ्जाडेले पुनःको निस्वार्थ भावना र लगावलाई सहयोग गर्ने उद्देश्यले विहीबार फर्किन लागेका यात्रुहरु मार्फत ती सामग्री पठाइएको जानकारी दिइन् । सामग्रीमा कोभीड १९ र यसको उपचारमा संलग्नले प्रयोग गर्ने वस्तुहरू छन् ।