मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघ्यो

कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघ्यो


जेनेभा । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ४ लाख ८६ हजार ११ मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
 
संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ७२ हजार २२३ पुगिसकेको छ जसमध्ये ५२ लाख ९ हजार ९३३ मानिस निको भएर डिस्चार्ज भएका छन् । अझै ५८ हजार २४८ मानिस कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । 
 
कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियमसमेत तोड्न थालेका छन् । 
 
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनीसमेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन । 
 
कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सर्वाधिक असर परेको छ । यहाँ २४ लाख ६४ हजार ५४४ जना संक्रमित भएकोमा १ लाख २४ हजार ३३१ जनाको मृत्यु भएको छ । यस्तै, दोस्रोमा ब्राजिलमा अत्यधिक संक्रमित भएका छन् । यहाँ हालसम्म ११ लाख ९३ हजार ६०९ जना कुल संक्रमितमध्ये ५३ हजार ८९५ जनाको मृत्यु भएको छ । 
 
यस्तै, बेलायतमा कुल ३ लाख ७ हजार ९८० जना संक्रमित रहेकोमा ४३ हजार २३० जनाको ज्यान गएको छ । यस्तै, इटालीमा २ लाख ३९ हजार ४१० जना कुल संक्रमित रहेकोमा ३४ हजार ६४४ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, फ्रान्समा कुल १ लाख ६१ हजार ३४८ संक्रमित भएकोमा २९ हजार ७३१ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ९४ हजार १६६ जना संक्रमित भएकामध्ये २८ हजार ३२७ जनाको ज्यान गएको छ । 
 
यसैगरी, मेक्सिकोमा १ लाख ९६ हजार ८४७ जना संक्रमित छन् भने २४ हजार ३२४ जनाको मृत्यु भएको छ । 
 
भारतमा कुल ४ लाख ७५ हजार ७७० संक्रमित रहेकोमा १४ हजार ९३८ जनाको मृत्यु भएको छ । इरानमा २ लाख १५ हजार ९६ जना संक्रमितमध्ये १० हजार १३० जनाको ज्यान गएको छ । 
 
यस्तै, बेल्जियममा कुल ६१ हजार ७ जना संक्रमितमध्ये ९ हजार ७२६ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ९३ हजार २८१ संक्रमितमध्ये ९ हजार ३ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, रसियामा संक्रमित हुनेको कुल संख्या ६ लाख १३ हजार ९९४ रहेको छ भने हालसम्म ८ हजार ६०५ जनाको निधन भएको छ । क्यानडामा १ लाख २ हजार २४२ जना संक्रमित भएकामध्ये ८ हजार ४८४ जनाको मृत्यु भएको छ । यस्तै, पेरुमा २ लाख ६४ हजार ६८९ संक्रमित रहेकोमा ८ हजार ५८६ जनाको मृत्यु भएको छ । [एएफपीको सहयोगमा]