मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले नयां आप्रावासिका लागि ग्रिनकार्ड र कामदार भिसा एचवान वी यो बर्ष जारी नगर्ने

अमेरिकाले नयां आप्रावासिका लागि ग्रिनकार्ड र कामदार भिसा एचवान वी यो बर्ष जारी नगर्ने


हिमालयखवर संवाददाता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार नयां अप्रावासीका लागि ग्रिनकार्ड नदिने, कामदार भिसा एचवान वी, एलवान, जे र दक्ष व्यक्तिलाई दिने भिसा जारी नगर्ने कार्यकारी आदेशलाई यो बर्षको अन्तिमसम्म लम्ब्याउने आदेशमा हस्ताक्षर गरेका छन् ।
 
कोभिड १९ का कारण अमेरिकामा रोजगार गुमाएकाका लागि अवसर प्रदान गर्ने उद्देश्यले कार्यकारी आदेशको समय थपिएको ह्वाटहाउसका वरिष्ठ अधिकारीलाई उद्दृत गर्दै एनपीआरले जनाएको छ । यसवाट अमेरिकीका लागि ५ लाख २५ हजार रोजगारका अवसर सुरक्षित हुने छन् ,
 
कोभिड १९ महामारी फैलिएपछि अमेरिकामा करिव साढे ३ करोडले रोजगार गुमाएका थिए । मे महिनामा कयौं कामदार काममा फर्किए पनि रोजगारका अवसर पहिलेको अवस्थामा फर्किएको छैन । 
 
ह्वाइहाउसले विशेष गरी दक्ष कामदारलाई दिइने एचवान वि भिसामा कडाई गर्ने गरी यो निर्णय गरेको हो । एचवान वि भिसावाट मुख्य रुपमा भारतका युवाहरुले अमेरिकामा काम गर्ने अवसर पाउंदै आएका थिए । एलवान भिसा ठुला कर्पोरेशनमा काम गर्ने माथिल्लो स्तरका कर्मचारीलाई जारी गरिन्छ ।
 
 
 
यो प्रावधानले अहिलेनै ग्रिनकार्ड भई अमेरिकामा काम गर्दै आएकालाई भने कुनै असर पर्ने छैन । गत मे महिनामा राष्ट्रपति ट्रम्पले नया. ग्रिनकार्ड जारी गर्न रोक लगाएका थिए । तस्बिर: सामाजिक संजाल