मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा घर किनबेच घट्यो

अमेरिकामा घर किनबेच घट्यो


अमेरिकामा गत मे महिनामा पुरानो घर  किनबेच झण्डै १० प्रतिशतले कमी आएको छ ।
 
किस्तावन्दीमा घर किन्दा लाग्ने व्याजदर न्यून भएपनि कोभिड १९ भाइरसको त्रासले संभावित ग्राहक घर भित्र वस्नुपर्दा किनवेच हुने मुख्य महिना मे मा पुराना घरको बिक्री ९ दशमलव ७ प्रतिशतले नेशनल एशोसियशन अफ रेयल्टरस (एनएआर) ले सोमवार सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
 
रियलस्टेट बजारमा पुराना घरको  किनबेचको हिस्सा झण्डै ९० प्रतिशत हुन्छ ।
 
यो तथ्यांकले कोभिड १९ ले रियलस्टेटमा पारेको प्रभावको पुर्ण जानकारी भने दिदैंन । घर किनवेचमा कोभिडको असर देखिनै बांकी छ । रियलस्टेट बजार विश्लेषकहरुले भने जुन महिनामा किन्नेहरु बृद्धि हुने वताउंछन् ।
 
घरको किनबेच प्रकृया पुरा हुन झण्डै २ महिना जति लाग्छ । मे महिनामा आएको तथ्यांक मार्च र अप्रिलसंग सम्वन्धित छ । जुन वेला कोभिड १९ को महामारीको त्रास उच्च थियो । मे महिना लागेयता त्रास कम हुदैं गएकाले घर विक्री बृद्धि हुने जनाईएको छ ।
 
घरको मूल्य केही घटेपछि किन्छु भनेर पखिर्ने ग्राहकहरु पनि छन् ।
 
अहिले घर किन्न दिइने ब्याजदर न्यून स्थान औषतमा ३ दशमलव १३ प्रतिशत छ । यसले पनि घर किन्न खोज्ने लोभिएका छन् । घरको मूल्यभने लगभग उही छ । एक बर्षको तुलनामा समान्य अर्थात करिव २ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । कतिपय शहरमा माग बढी भएकाले पनि घरको मूल्य तल नझरेको हो ।
 
अमेरिकामा नयां घर निमार्णमा पनि समान्य सुधार आएको एनएआरले जनाएको छ । यसले गर्दा आउने दिनमा घर किन्नेहरुलाई अलिसजिलो हुने पनि एनएआरले जनाएको छ ।
 
कोभिड १९ पछि न्यूयोर्क जस्ता भिडभाडयुक्त शहरमा वस्नेहरु अलि खुला स्थानमा बसाई सर्ने क्रम वढेको छ । न्यूयोर्कवाट कयौं परिवार महामारी  वसाईंसरेका छन् । त्यहां वस्ने नेपालीहरु पनि नयां स्थानमा जान थालेका छन् ।
 
अपार्टमेण्टमा वस्दै आएकाहरु पनि कोभिड १९ को महामारीका कारण आफ्नो घर किन्न चाहेने बढेका छन् । यसले  एकल परिवार वस्ने घरको माग बढेको हो ।