मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोनाबाट ४ लाख ६४ हजारको मृत्यु, ८८ लाख २२ हजार संक्रमित

विश्वभर कोरोनाबाट ४ लाख ६४ हजारको मृत्यु, ८८ लाख २२ हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६४ हजार ३२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८८ लाख २२ हजार ४५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार शनिबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ६२ हजार ८६६ जना निको भएका छन् ।
 
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ९५ हजार ४५९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ७ हजार ६७८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ५६४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १७ लाख ६ हजार ७२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६९ हजार ३३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ७० हजार ४३९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५२ हजार ७२१ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २२ लाख ९६ हजार १९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ३५६ को मृत्यु भएको छ । एसियामा १८ लाख ४८ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४७ हजार ४३ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा २ लाख ९० हजार २९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७४० जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी