मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारत चीन युद्ध भए नेपाली सेना कता लाग्ला ?

भारत चीन युद्ध भए नेपाली सेना कता लाग्ला ?


हिमालयखवर संवाददाता
अमेरिका- भारत  र चीनको तनावमा नेपाल कहां छ ? भन्ने प्रश्न उठेको छ । नेपाल र भारत विच सिमा विवादले सम्वन्ध चिसिएको वेला चीनको सरकारी मिडिया ग्लोबल टाइम्सको लेखले पनि यो तनावमा नेपाललाई पनि संलग्न गराएको हो ।
 
ग्लोबल टाइम्सले यदी चीन र भारत विच युद्ध भएमा पाकिस्तान र नेपालको सेनाले चीनलाई मद्दत गर्ने उल्लेख गरेको छ । चीनको यो दावीलाई भारतीय मिडियाले महत्वकासाथ उल्लेख गरेका छन् । यो अभिव्यक्तिले नयां दिल्लीलाई झस्काएको पनि छ ।
 
यसवारेमा नेपाल सरकार र नेपाली सेनाले भने कुनै औपचारिक प्रतिकृया जनाएको छैन् । नेपालले भने दुवै छिमेकी विच समदुरीको सम्वन्ध राख्ने नीति लिदैं आएको छ ।
 
भारतीय मिडियाले एमसीसी विवादमा पनि चीनको हात रहेको समेत टिप्पणी गरेका छन् ।
 
नेपालका दुई छिमेकी अहिले युद्धको तयारीमा छन् । चीन भारत सिमा क्षेत्रमा दुई देशको सेना विच भएको झडपमा २० भारतीय सैनिक मारिएपछि तनाव बढेको हो । दुवै देशले सिमा क्षेत्रमा सैनिक गतिविधि वढाएका छन् ।
 
ग्लोबल टाइम्स चीन सरकारको प्रपोगाण्डा सार्वजनिक गर्ने मिडियो हो । नेपाल र भारत विच कालापानी क्षेत्रको जमिनका विषयमा विवाद भएपनि दुवै देशका विच अन्य क्षेत्रमा निकट सम्वन्ध छ । अहिलेको विवाद पनि बार्ता द्धारा सम्वोधन गर्नु पर्ने नेपाल र भारतमा आम राय छ । नागरिक स्तरवाट दुवै देशका सरकारलाई यसका लागि दवाव परिरहेको छ ।
 
ग्लोबल टाइम्सको नेपाल र नेपाली सेनालाई जोडेर आएको यो अभिव्यक्तीले नेपाल भारतलाई अहिलेको संकट छिटो सम्वोधन गर्न झनै दवाव परेको छ । तस्बिर: सामाजिक संजाल