मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल सरकारले अमेरिकावाट चार्टड उडान गर्ने

नेपाल सरकारले अमेरिकावाट चार्टड उडान गर्ने


हिमालयखवर संवाददाता-
अमेरिका। अमेरिकामा अड्किएका नेपालीलाई नेपाल लैजान  जुन २३ र २५ मा नेपाल सरकारले चार्टड उडान गर्ने भएको छ । अमेरिकका विभिन्न चार शहर न्यूयोर्क, सिकागो, वासिंटन डीसी र टेक्सस डलासवाट जहाज नेपाल जाने छन्  । सरकारले टर्किस एयरलाईन्स र कतार एयरवेज मार्फत चार्टड उडान गर्न लागेको हो ।
 
वासिंटन डिसी स्थित नेपाली दुतावासले सुचना निकाली यो जानकारी दिएको हो ।
 
तर, यि उडानमा नेपाल फर्किन भने सकस दिने खालको व्यवस्था गरिएको छ । उक्त चाटर्ड उडानमा नेपाल जानका लागि महंगो भाडादर, कोभिड १९ छैन भन्ने स्वास्थ्यकर्मीवाट प्रमाणित  प्रमाणपत्र र नेपाल पुगेपछि क्वारेन्टाइनमा वस्न तयार हुनुपर्ने छ । समाजिक संजालमा भाडा दर महंगो भएकोमा नेपाल सरकार प्रति कयोंले आक्रोस जनाएका छन् ।
 
टर्किस एयरलाइन्सवाट जान एकतर्फि भाडा दर १५३७ अमेरिकी डलर तोकिएको छ । कतार एयरवेजको भाडादर झनै महंगो १६ सय अमेरिकी डलर छ । यो एकतर्फी भाडा दर हो । समान्य अवस्थामा यो मूल्यमा दुईतर्फी टिकट पाइन्थ्यो ।
 
यसवाहेक कोभिड १९ छैन भन्ने स्वास्थ्य प्रमाणपत्र कसरी पेश गर्ने वारेमा दुतावासले केही जानकारी दिएको छैन । कतिपय राज्यमा डाक्टरको सिफारिस नभई कोभिड १९ परिक्षण गर्न सकिदैंन ।
 
करिव दुई महिना अघि नेपालीको दवावमा नेपाल दुतावास र एनआरएनए अमेकिराले अमेरिकावाट फिर्ता जानेलाई फारम भर्न भनेको थियो । यसमा झण्डै ७ सय जनाले नेपाल फर्किन नाम टिपाएका थिए ।