मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युरोपेली मुलुकहरुको सिमाना तीन महिनापछि खुल्यो

युरोपेली मुलुकहरुको सिमाना तीन महिनापछि खुल्यो


बर्लिन । युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो । 
 
सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरुले जानकारी दिएका छन् । 
 
त्यसैगरी अमेरिकी, एसियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन ।
 
युरोपेली संघअन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ । 
 
सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्बन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले सङ्कटपछिको नयाँ अवस्थामा आफूहरु फर्किएको बताउँदै सङ्कटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे । 
 
उनले महामारीविरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिए पनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए । राष्ट्रपति म्याक्रोँले भने, “हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पुरै हराइसक्यो भन्ने बुझ्नु हुँदैन ।”
 
युरोपेली देशहरूमा अहिलेसम्म कोरोना भाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्याङ्क छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका छन् ।  
 
अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस सङ्क्रमित भएको जनाएको छ । एपी