मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संक्रमणको उच्च जोखिमसँगै द्वन्द्वको थलो बन्दै क्वारेन्टाइन

संक्रमणको उच्च जोखिमसँगै द्वन्द्वको थलो बन्दै क्वारेन्टाइन


दुल्लु । कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा  ल्याएका क्वारेन्टाइन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । 
 
हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा यहाँका क्वारेन्टिन अहिले सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वस्थलमा परिणत हुन थालेका हुन् ।
 
न्यूनतम मापदण्ड ख्याल नगरी प्लास्टिक टनेल, गाईभैँसी बाँध्ने गोठ र विद्यालयका कोठालाई सामाजिक दूरीसमेत कायम नगरी स्थानीय सरकारले क्वारेन्टिनका रूपमा प्रयोग गर्दा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०२ पुगेको छ भने आन्दोलन र झडपका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । 
 
सङ्क्रमितलाई चार दिनसम्म एउटै कोठामा राखेको भनी नारा जुलुसदेखि सेवासुविधा नभएको भनी आइसोलेसन छाडेर हिँड्ने, प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसमेत कुटपिट र प्रहरीको लाठी चार्जबाट चार जना घाइतेसमेतका घटना घटेका छन् ।
 
दीर्घकालीन योजनाबिनै कोरोना रोकथाममा स्थानीय सरकारले सामान्य रणनीति बनाउँदा यी दुःखद् घटना घटेका भएका हुन् । यही अवस्थामा छाडे यी प्रतिनिधिमूलक घटनामात्र भएको र भोलि क्वारेन्टाइनभित्रै मानवीय क्षति हुने सम्भावना बढेर गएको मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीको ठम्याइ छ । 
 
सरकारले कोरोना रोकथामका लागि बनाएको मापदण्डविपरीत, युद्धमा कब्जा गरिएका युद्धबन्दीभन्दा बढी कोचाकोच र मान्छेको स्वस्थरुपमा बाँच्न पाउने अधिकारको हनन हुने गरी रोगी र निरोगीलाई एउटै स्थानमा राख्नु मानव अधिकारको उल्लङ्घन भएको उनको तर्क छ । 
 
त्यस्तै शनिबार डुङ्गेश्वर गाउँपालिका वडा नं ४, ५ र ६ का ३५ जना सङ्क्रमितलाई आइसोलेसनमा राख्ने भन्दै पाँच घण्टा हिँडाएर चुप्रास्थित त्रिवेणी सङ्गम माविमा ल्याउनु र नारायण नगरपालिका–१ स्थित त्रिउमावि क्वारेन्टिनमा रहेका चार जनामाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटना आपत्तिजनक रहेको उनले बताए । 
 
क्वारेन्टाइनभित्र सेवा सुविधा नभएको, समयमा परीक्षण नभएको र रिपोर्ट आएका सङ्क्रमितसँगै अन्यलाई पनि सँगै राखेको विरोधमा नाराबाजी, कुटाकुट र झडप हुँदा पनि स्थानीय सरकारले गम्भीर नहुनु दुःखद् पक्ष भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य गोविन्ददेव भारतीले बताए । 
 
एउटै कोठामा सामाजिक दूरी कायम नगरी ४० देखि ५० राखिनु, सङ्क्रमित पुष्टि भएको चार दिनसम्म एउटै कोठामा राख्नु, प्लाष्टिक टनेलमा राख्नु आइसोलेसनमा राख्ने भन्दै चारदेखि पाँच घण्टा पैदल हिँडाउनु र प्रहरीले आइसोलेशनमा व्यक्तिलाई घाइते बनाउनु यी र यस्ता घटनाले क्वारेन्टिनमा सङ्क्रमणको उच्च जोखिम र अबका दिनमा यी कार्य नरोकिए प्रत्येक दिन द्वन्द्वस्थलका रुपमा परिणत हुने उनको तर्क छ ।
 
शनिबार डुङ्गेश्वर गाउँपालिका–१ स्थित त्रिवेणी सङ्गम माविमा आइसोलेसनमा कुनै पनि सुविधा नभएको भन्दै त्यहाँका ३५ जना कोरोना सङ्क्रमित विरोध जनाउँदै त्यहाँबाट निस्केका  त्यहाँबाट निस्केर तीन घण्टा पैदलयात्रा गरी हिँडिरहेका अवस्थामा प्रहरीले उनीहरुलाई पुनः अर्को आइसोलेसन निर्माण गरेको स्थानमा लगेको छ । 
 
सङ्क्रमित जनकल्याण मावि सर्माकोटमा राखिएको गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । “हामीले सबै क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरेका छौँ । सकेसम्म सेवा सुविधा दिन प्रयास गरिरहेका छौँ”, उनले भने ।
 
त्यस्तै नारायण नगरपालिका–१ मा रहेको त्रिउमाविस्थित आइसोलेसनमा प्रहरी र सङ्क्रमितबीच झडप भएको छ । चार जना घाइते भएका छन् । यसअघि दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र थापालाई र भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापालाई सेवा सुविधा नदिएको भन्दै क्वारेन्टाइनभित्र रहेका व्यक्तिले आक्रमण गरे ।
 
जिल्लाका ११ स्थानीय तहमा नौ हजार श्यया क्वारेन्टाइन र छ हजार जना भारतबाट आएका बसिरहेका छन् । हालसम्म तीन हजार जनाको परीक्षण भएको तीमध्ये ५१३ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल दैलेखका कोरोना स्रोत व्यक्ति थीरप्रसाद रेग्मीले जानकारी दिए । स्थानीय सरकारको हतारको क्वारेन्टाइन व्यवस्थापनले दिनहुँ आन्दोलन र झडपका घटना बढ्ने खतरा बढेको छ ।
 
पछिल्लो समयमा सङ्क्रमितलाई उपचारका लागि छुट्टै आइसोलेशन कक्ष नहुँदा सङ्क्रमित र अन्य व्यक्ति एउटै कोठामा बस्नुपर्ने बाध्यता हुँदा यी घटना बढेर गएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । 
 
शुरुमा यति ठूलो सङ्ख्यामा भारतबाट आउने आँकडा नहुँदा थोरै आइसोलेशन कक्ष तयार गरियो अहिले ठेक्न नसकिने गरी क्वारेन्टिन बस्ने र सङ्क्रमित देखिएपछि अलि व्यवस्थित गर्न नसक्दा उहाँहरुको आक्रोस बुझेपछि समाधान गर्न नसकिएको उनले स्वीकार गरे । 
 
यस्तै क्वारेन्टाइनमा बस्नेले माग राख्दै गए उहाँहरूले माग पूरा गर्न आन्दोलन गरे सुरक्षा दिन पनि मुस्किल पर्ने जिल्ला प्रहरी प्रमुख हरि ओलीले बताए । समयमै स्थानीय सरकारले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्यो कि सम्झाउनुप¥यो होइन भने यस्तै आन्दोलन हुँदै जाने हो भने क्वारेन्टिनभित्र दिनहुँ नारा जुलुस हुनेहुँदा सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वका कारण मानवीय क्षति पनि हुनसक्ने खतरा बढेर गएको उनले आशङ्का गरे । 
 
एक कोठामा ४० देखि ५० जना हुनुहुन्छ अचानकभित्र झड्प भयो भने त्यो हुलमा मानवीय क्षति हुनसक्ने खतरा बढेर जाने हुँदा सबै स्थानीय सरकारले उपाय खोज्नुपर्ने उनको सुझाव छ । समयमै पिसिआर रिपोर्ट प्रदेश कोरोना अस्पतालबाट नआउँदा सङ्क्रमित र अन्य एकै ठाउँमा बसाल्न बाध्य भएको र अधिकांश त्यसरी सङ्क्रमण फैलिन बढी जोखिम बढेको भैरवी गाउँपालिका प्रमुख प्रेमबहादुर बुढाले बताए । तर, केही भने अराजक आचरण भएकाले यस्तो भएको हुँदा यस्ताखालका घटना हुने उनले भने । रासस