मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट ३ लाख ९४ हजार बढीको मृत्यु, ६७ लाख ५० हजार संक्रमित

कोरोना भाइरसबाट ३ लाख ९४ हजार बढीको मृत्यु, ६७ लाख ५० हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३४ हजार ५४३ पुगेको छ भने संक्रमितको संख्या ६७ लाख ५० हजार पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ७७ हजार ६१२ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ७७ हजार ३५७ व्यक्ति उपचाररत रहेका छन् ।
 
संक्रमितहरुमा ५३ हजार ६१९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २८ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार ३४७ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा १० लाख ३३ हजार ४१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार १३० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८५ हजार २६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३२ हजार १६४ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २० लाख ५९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७७ हजार ७३५ को मृत्यु भएको छ । एसियामा १२ लाख ८८ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३३ हजार ५८३ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा १ लाख ७३ हजार ४५३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ७९२ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  एएफपीको सहयोगमा