मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर ३ लाख ८९ हजारको मृत्यु, ६६ लाखभन्दा बढी संक्रमित

विश्वभर ३ लाख ८९ हजारको मृत्यु, ६६ लाखभन्दा बढी संक्रमित


काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुनेको संख्या बिहीबार राति १० बजेसम्म ३ लाख ८९ हजार ९२ पुगेको छ भने संक्रमितको संख्या ६६ लाख २५ हजार ३१५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ९८ हजार ५०९ जना निको भएका छन् ।  हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ३७ हजार ७१४ व्यक्ति उपचाररत रहेका छन् ।
 
संक्रमितहरुमा ५६ हजार ८२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका अत्यन्त प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ८ हजार २६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार ३४७ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ९ लाख ९२ हजार ८९९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ४४४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५८ हजार ७८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३० हजार १७२ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २० लाख ४१ हजार ६७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७६ हजार ७२८ को मृत्यु भएको छ । एसियामा १२ लाख ५६ हजार २४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३२ हजार ९६० जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा १ लाख ६६ हजार २४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ६४९ जनाको मृत्यु भएको छ । यस्तै, ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा