प्रवास

अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

126 पटक पढिएको

4th Jun 2020, Thursday | २०७७ जेष्ठ २२, बिहीवार ०८:३५
वासिङ्टन । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । 
 
कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ ।
 
अमेरिकी वाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो ।
 
सन् २०२० मा (हालसम्म) अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको वाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।