मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट ६५ लाख ११ हजार संक्रमित, तीन लाख ८४ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट ६५ लाख ११ हजार संक्रमित, तीन लाख ८४ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८४ हजार ४६२ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ११ हजार २१३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार बुधबार राति १०ः४५ सम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ९७ हजार ७४२ जना निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८८ हजार ५०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ४१३ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ९ लाख ५५ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ९१८ को मृत्यु भएको छ । युरोपमा २० लाख २७ हजार १६४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७६ हजार ३४२ को मृत्यु भएको छ । 
 
एसियामा १२ लाख २४ हजार ३९५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३२ हजार ४१९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ६१ हजार २२० संक्रमितमध्ये ४ हजार ५४० को मृत्यु भएको छ । एएफपी