मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन

अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन


मिनियापलिस । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ ।
 
प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
 
एक हप्ताअगाडि भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो ।
 
अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।
 
आन्दोलन हिंसात्मक हुदैगएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कर्फयुआदेश पनि जारी गर्नु परेको थियो ।
 
कतिपय ठाउँमा कर्फ्युसमेत तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए । 
 
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा एक जनाको मृत्यु भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । 
 
तर, बुधबार बिहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ । 
 
मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुँदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो । एपी