मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा एकैदिन ८ हजार ७८२ जना  कोरोना संक्रमित थपिएका छन् । सोमबार बेलुकीसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९१ हजार ६०५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
सोमबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ४१५ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९२ हजार ४७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ९३ हजार ७१६ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ६७ हजार ६५५ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ २२ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १९ हजार ८४४ जना कोरोना संक्रमित रहेका छन् ।
 
भारतमा दुई महिनाभन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको थियो । 
 
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 
 
विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । एएनआई