मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ६६ हजार ५३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार मंगलबार बिहान १० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३ हजार ६०५ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ८५ हजार ४९१ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । 
 
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ३२३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९२५ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ९ लाख ६ हजार ३३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार ८४ को मृत्यु भएको छ । युरोपमा २० लाख ३४ हजार २६८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७४ हजार ६५४ को मृत्यु भएको छ । 
 
एसियामा ११ लाख ६४ हजार १७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३१ हजार २७१ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५४ हजार ९०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ३६९ जनाको मृत्यु भएको छ । एएफपी