मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ५९ जिल्लाका १८११ जनामा कोरोना पुष्टि, २२१ जना संक्रमित निको भए

नेपालमा ५९ जिल्लाका १८११ जनामा कोरोना पुष्टि, २२१ जना संक्रमित निको भए


काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलोपटक चीनको वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १८११ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारमात्र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन २३९ जनामा देखिएको हो । 
 
आज डोटीमा पहिलोपटक सङ्क्रमण देखिएको छ । डोटीमा सङ्क्रमण देखिएसँगै कोरोना भाइरस ५९ जिल्लामा फैलिएको हो । अब सङ्क्रमण नभएका जिल्ला जम्मा १८ रहेका छन् । आज पुष्टि सङ्क्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना रहेका छन् । 
 
आज देखिएको सङ्क्रमण अहिलेसम्म बढी हो । आइतबार १६६, शनिबार १८९ र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै संक्रमितको संख्या एक हजार ७९८ जनामा देखिएको छ । तीमध्ये एक हजार ६८० जना पुरुष र १३१ जना महिला रहेका छन् । 
 
आज देखिएका सङ्क्रमित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष रहेका छन् । यस्तै पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपुर कावासोतीका २२ र ३६ वर्षीय पुरुष र नवलपुर विनात्रिवेणीका १४ वर्षीया बालक रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण देखिएको छ । 
 
दैलेखको नारायण नगरपालिकाका नौ जना १७ देखि ३५ वर्ष उमेर पुरुष, दैलेख सिमडाका दुई जना २४ वर्ष र २९ वर्षका पुरुष रहेका छन् । यस्तै दैलेख देवकाँडाका तीन जना १८ वर्षदेखि ३४ वर्षका, दैलेख सोतका एक जना ३५ वर्षीय पुरुष, दैलेख साँदुका एक जना २२ वर्षीय पुरुष, दैलेख जुकेपानीका एक जना ६० वर्षीय पुरुष रहेका छन् । 
 
यस्तै दैलेख दुल्लुका सात जनामा पनि सङ्क्रमण देखिएको छ । तीमध्ये २३ वर्ष र ३० वर्षका महिला तथा र दुईका बालकदेखि ३९ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै जुम्ला हिमाका आठ जना पुरुष २३ वर्षदेखि ६३ वर्षका रहेका छन् । जुम्ला सिंजाका नौ जना १२ वर्षीया बालकदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । 
 
यस्तै जुम्लामा नै कार्यरत रहेका २७ वर्ष र ३४ वर्षका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सुर्खेत अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा सङ्क्रमण देखिएको छ ।  तीमध्ये दैलेख नारायण नगरपालिकाका १६ जना पुरुष १० वर्षीया बालकदेखि ३६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै दैलेख महावु गाउँपालिकाका एक जना २५ वर्षका पुरुष रहेका छन् । सल्यान कुपिण्डेका १० जना पुरुष २० वर्षदेखि ४० वर्षसम्मका रहेका छन् । सुर्खेत वराहातालका पाँच जना २० वर्षदेखि २६ वर्षका पुरुष रहेका छन् । 
 
यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । तिनमा कपिलवस्तु वाणगङ्गाका ३१ वर्ष र ३८ वर्षीय महिला रहेका छन् । रौतहट परौवाका १४ जना १९ वर्षदेखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाईका तीन जना पुरुष २२ देखि ३५ वर्षका र एक जना महिला २० वर्षका रहेकी छन् । 
 
यस्तै भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जना डुडुवा गाउँपालिकाका १७ देखि ३५ वर्ष उमेरका पुरुष रहेका छन् । राप्ति अस्पताल दाङमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दाङका पुरुष हुन् । तुल्सीपुर उपमहानगरपालिकाका पाँच जना १८ वर्षदेखि ३२ वर्षका, गढवा गाउँपालिकाका दुई जना २४ वर्ष र ३६ वर्षका, लमही नगरपालिकाका एक जना ४० र राप्ति गाउँपालिकाका एक जना ३६ वर्षका पुरुष रहेका छन् । 
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा सङ्क्रमण देखिएको छ । धनुषा धनौजीका चार जना १८ वर्षदेखि ४८ वर्षसम्मका पुरुष, धनुषा हंसपुरका दुई जना १९ वर्ष र २० वर्षका पुरुष, धनुषाकै जनकपुर अस्पतालमा रहेका एक जना २१ वर्षका पुरुष रहेका छन् । 
 
यसैगरी कपिलवस्तु शिवराजका १२ जना १९ देखि ५५ वर्षका पुरुष, कपिलवस्तु हरिहरपुरका आठ जना पुरुष १९ देखि ३८ वर्षका र कपिलवस्तु महाराजगञ्जका ३० वर्ष र ३३ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु रङ्गीलामा रहेको क्यारेन्टिनमा रहेका ११ जना १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु चनौटाका तीन जना पुरुष ४२ देखि ४८ वर्षका, कपिलवस्तुकै रघु सामुदायिक विद्यालयको क्यारन्टिनमा रहेका दुई जना २७ वर्ष र ४६ वर्षका पुरुष रहेका छन् । 
 
महोत्तरीका दुई जना पुरुष दुवै १८ वर्षका रहेका छन् । यस्तै मकवानपुर एक जना ६४ वर्षीय पुरुष रहेका छन् । सर्लाहीको जनतामावि क्यारन्टिनमा रहेका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ । ती नौ वर्षका बालिकासहित २७ वर्षका सबै महिला र सोही स्कुलको क्यारन्टिनमा रहेका ३३ जना ११ वर्षका बालकदेखि ७५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । 
 
सिराहाका पाँच जना १८ वर्षदेखि ६० वर्ष उमेरका सबै पुरुष रहेका छन् । उदपुरका हाल जनकपुर प्रादेशिक अस्पतालमा रहेका एक जना ३१ वर्षका पुरुष रहेका छन् । यस्तै प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 
 
उनका अनुसार पाल्पा निस्दी गाउँपालिकाका १७ वर्ष र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाउँपालिकाका–६ वर्षका बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षका पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुष तथा रुपन्देही गैडहवा गाउँपालिकाका तीन वर्षीया बालिका र ५४ वर्षका पुरुष रहेका छन् ।  
 
यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये अछामका एक जना एक वर्षका बालक कैलाली १४ जना दुई वर्षीय बालकदेखि २७ वर्ष उमेरका रहेका छन् । तीमध्ये तीन जना महिला र ११ जना पुरुष छन् । बैतडीका एक जना ३४ वर्षका पुरुष, डोटीका एक जना २५ वर्षका पुरुष र कञ्चनपुरका एक जना ११ महिनाका बालकमा पनि संक्रमण देखिएको छ । 
 
अहिलेसम्म प्रदेश नं २ मा सबैभन्दा बढी ६९४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश नं १ का नौ जिल्लामा १६८ जना, वागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जनामा, प्रदेश नं ५ को १० जिल्लाका ६२२ जना, कर्णाली प्रदेशका पाँच जिल्लामा १९८ जना र सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ ।  
 
पत्रकार सम्मेनमा काठमाडौँका एक जना र डडेल्धुराका ६ वर्षीय बालकको मृत्यु भएका व्यक्तिमा संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
 
२२१ जना संक्रमित निको भए 
 
आज एक जना डडेल्धुरा अस्पतालबाट २८ वर्षका पुरुष डिस्चार्ज भएका छन् । उनी १० दिनमा डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । 
 
अहिलेसम्म २२१ जना डिस्चार्ज भएका छन । तीमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् । अहिलसम्म ७१ हजार ९०३ जनामा पिसीआर र एक लाख १३ हजार ७५७ जनामा आरडिटी विधिबाट परीक्षण गरिएको छ । रासस