मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप १६६ सहित संक्रमितको संख्या १५६७ पुग्यो

थप १६६ सहित संक्रमितको संख्या १५६७ पुग्यो


काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आइतबार एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । 
 
ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिबार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ५६७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये पुरुष एक हजार ४५० र महिला ११७ जना रहेका छन । आज देखिएकामध्ये नयाँ जिल्ला तनहुँ, सल्यान, कालीकोट र बाजुरा रहेका छन् । नयाँ सङ्क्रमितमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका रिसिङका २८ वर्षीय र स्याङ्जा गल्याङका २७ वर्षीय र ४० वर्षीय पुरुष रहेका छन् । 
यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै पर्साका २२ देखि ३६ वर्षका पुरुष रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा ३७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये कालीकोटका शुभकालीका १३ जना १९ देखि ५२ वर्षीय पुरुष, कालीकोटकै महैवका पाँचजना २० देखि ४२ वर्षीय पुरुष रहेका छन् । 
 
यस्तै, दैलेख दुल्लुका एकजना ३५ वर्षीय पुरुष, दैलेख नारायणनगरपालिकाका नौजना १६ देखि ४८ वर्षीय पुरुष रहेका छन् । दैलेख चिम्दाका एकजना २६ वर्षीय पुरुष, दैलेख देवलका पाँचजना १८ देखि २२ वर्षीय पुरुष, दैलेख रातापानीका ३८ वर्षीयका एकजना पुरुष, दैलेख सादुका २२ वर्षीय पुरुष रहेका छन् । 
 
यस्तै, बाजुरा जुजुनाथका ४० वर्षीयका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सल्यान कुपण्डेका २५ जना ११ देखि ६० वर्षका सबै पुरुष रहेका छन् । यस्तै सुर्खेत बराहतालका एकजना चार महिनाका बालिका रहेकी छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका एकजना ३२ वर्षीय पुरुष रहेका छन् । 
 
यस्तै, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आठजना पुरुषमा सङ्क्रमण देखिएको छ । ती नरैनापुरका दुईजना २१ र २५ वर्षीय पुरुष, खजुराका ३० वर्षीय पुरुष र नेपालगञ्जका चारजना १६ देखि ४२ वर्षका पुरुष र बैजनाथ गाउँपालिकाका एकजना ३५ वर्षीय पुरुष रहेका छन् । 
 
यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । ती सबै सप्तरी राजगढका १७ देखि ४५ वर्षका पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती कैलाली भजनीका २३ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष, धनगढी त्रिनगरका एकजना ४७ वर्षीय पुरुष र बाजुराका दुई वर्षीय बालिका र २३ वर्षीय महिला रहेका छन् । 
 
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै झापा गौरीगञ्जका चारजना २३ देखि ३९ वर्षका पुरुष र मोरङ विराटनगरका ४५ वर्षीया महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । ती धनुषाका २१ जना १९ देखि ४६ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु महाराजगञ्जका चारजना २५ देखि ४१ वर्षका पुरुष रहेका छन् । 
 
यसैगरी रौतहटका २९ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमति चार र नौ वर्षका बालकदेखि ५२ वर्षका पुरुष रहेका छन् । सर्लाहीका १० जनामा सङ्क्रमण देखिएको छ । ती एक वर्षका बालकसहित १५ देखि ५० वर्षका पुरुष रहेका छन् ।
 
सङक्रमितहरु प्रदेश नं १ का नौ जिल्लाका १६५, प्रदेश नं २ का सबै आठ जिल्लाका ६२४, वाग्मती प्रदेशमा १२ जिल्लाका ४५, गण्डकी प्रदेशमा ६ जिल्लाका २३, प्रदेश नं ५ का नौ जिल्लाका ५६०, कर्णाली प्रदेशमा पाँच जिल्लाका १२३ र सुदूरपश्चिम प्रदेशमा आज जिल्लाका २७ जना रहेका छन् । कोभिड–१९ को सङ्क्रमितबाट पूर्णरुपमा निको हुनेको सङ्ख्या २२० पुगेको छ । तीमध्ये १७२ पुरुष र ४८ जना महिला रहेका छन् ।