साहित्य / विविध / फिचर

खुर्पा नहानीकन

482 पटक पढिएको

- खेमराज गैराघरे | 31st May 2020, Sunday | २०७७ जेष्ठ १८, आईतवार ०६:३८
गाेर्खाली जन हाे, उठाैं अब यहाँ, नेपालका खातिर 
कालीका  तटमा गई अब लडाैं, मर्नु परे आँखिर 
दार्चूला पनि त्याे धुरु धुरु रुदै, हेर्दैछ हामी तिर 
अर्जापाैं  खुकुरी खुँडा झटपटी, बाेकेर जाऊँ सब 
 
हेपाई र घमण्डका छल यहाँ, हेराैं कति चल्दछन् 
सच्चा मित्र भए तिनै मनुजका, आँखा खुलि गल्दछन् 
गाेर्खे पूर्वजका अदम्य बलका, निस्वार्थका पाखुरा 
कालीका शिरमा अखण्ड बलले, बाँचिरहे टाकुरा 
 
नेताकै भरमा थिए नजरमा, हाम्रा नदी तापनि 
खाएकी किन हाे दिए रहरमा, सत्ता टिकाैने  भनी 
शक्तिका डरमा बसी शहरमा, सन्धि गरेकाे किन 
भन्नै पर्छ नि आज हेर दिनमा, के के भएथ्याे भनी 
 
सक्दैनाै लिपु याे हडप्न सजिलै, काला र पानी पनि 
जाग्दैछन् जनता लिएर खुकुरी, भाला र खुर्पा अनि 
हेपाई अति भाे भनेर जनता, उठ्दैछन् आफै अब 
माटाेमै मिसिने भयाै अब तिमी भागेर जाऊ घर 
 
हीरा तुल्य छ याे भूमी भुवनमा, प्याराे छ याे लेक याे 
काली नित्य छ शीर कल्कल यहाँ, सुक्दैन, लुक्दैन याे 
भाे भाे जा घर फीर अपार नभमा, हे इण्डिया कायर 
जादैनाै यदि नै भने जगतमा, मुद्दा गराैं दायर 
 
बस्या छाैं बीचमा ठूला मुलुकका, जाेडेर नाता तर 
स्वाधीन छौं जगमा झुकेर पदमा छैनाैं कसैकाे भर 
सानाे देश भनेर फाैज उसकाे सानाे नठानीकन 
लैजा हाे अबलाै सिपाइ लिपुका, खुर्पा नहानीकन