मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ४७ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ४७ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा मंगलबार बेलुकीसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ४७ हजार १४४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयको तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १९७ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६१ हजार ९२३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८१ हजार २४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् र गुजरातमा १४ हजार ४६० संक्रमित रहेका छन्  । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।
 
भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । 
 
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौंथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 
 
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु थियो । 
 
भारतले सरकारले गत मे ४ देखि लागू हुनेगरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौंथो चरणको लकडाउन सुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौंथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 
 
भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । एएनआई