मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

एकैदिन ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो


काठमाडौँ । मंगलबार एकैदिन ९० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एकै दिन १५ जिल्लामा ९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिए । 
 
यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । सोमबारमात्र ७९ जनामा संक्रमण देखिएको थियो । डा देवकोटाले कपिलवस्तुमा २६, रौतहटमा २२, सुर्खेतमा १२, बाँकेमा आठ, सिराहामा पाँँच, बारामा तीन, महोत्तरीमा दुई, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई, जुम्लामा दुई, स्याङ्जामा दुई, धनुषामा एक, रुपन्देहीमा एक, कैलाली र अछाममा एक एक जनामा देखिएको बताए । 
 
उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १०  वडा नं २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपति मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तीमध्ये एक महिला र सात पुरुष छन् । 
 
यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहट कै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । 
 
रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउँपालिका वडा नंं ४ र ५ का २५ देखि २९ वर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् । 
 
यसैगरी भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । 
 
मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।
 
सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ वर्षीय दुई पुरुष छन् ।
 
सुुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत विरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । 
 
यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तीमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।
 
यसैगरी १५५ जना डिस्चार्ज भएका छन् । तीमध्ये १२४ जना पुरुष र ३१ महिला छन् । आजमात्र नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरु आज ११ देखि १६औँ दिनमा डिस्चार्ज भएका हुन् । तीमध्ये दुई महिला र ४१ पुरुष छन् । यसैगरी आरडिटी ९७ हजार ९६७ जना र पिसिआर ५४ हजार ६९७ जनाको गरिएको छ । रासस