विचार / ब्लग

कागजी दस्ता नमान्नेले दिलको रिस्ताका कुरा बुझ्लान ?

685 पटक पढिएको

- बलायर 'प्रत्याशी'

हिमालय खबर | 25th May 2020, Monday | २०७७ जेष्ठ १२, सोमबार १२:१०
भारत किन ईतिहास पढ्दैन:
भारत लामो समय देखि बिभिन्न पाश्चत्य देशको उपनिवेशको रुपमा रहन गयो । जसमा भारतका बिभिन्न प्रान्तहरुमा सन १४३४-१८३३ पोर्चुगल, सन १६०५-१८२५ सम्म डच र सन १६२०-१८६९ सम्म डेनिसको औपनिवेश रहेको पाईन्छ । यी मध्येमा मुख्यतया फ्रेन्चले दक्षिण पूर्वी भारतको समुद्री तटको पाण्डुचेरीलाई केन्द्र बनाइ भारतमा उपनिबेश स्थापित गरेको थियो । जो सन १६६८-१९५४ सम्म रहन गयो । सोह्रो सताव्दी कै समयमा भारतमा अंग्रेजले सन १६१२ मा सुरतमा ईष्टइण्डिया कम्पनीको बिधिवत रुपमा स्थापना गरि सन १७५७ सम्म भारतका मुगल सम्राटको राज्यमा अधिपत्य जमाउन सफल भयो । यसको लगतै बृटिस ईष्ट ईण्डीया कम्पनी कै रुपान्तरणमा सन १८५८ देखि  १९४७ सम्म उपनिवेशको रुपका रही बेलायतबाट भारतको सासन संचालन मात्र नभई बृटिसको दसतामा राखेको ईतिहास साक्षी छ । 
 
यसै समय नेपालले पनि आफ्नो एकिकरणको अभियानलाई तिब्र बनाएको थियो । नेपाली सेनाले सन १७९०-९१ मा पश्चिमको कुमाउँ र सन १८०४ मा गढवाललाई अमर सिंह थापाको नेतृत्वको सेनाले नेपालमा गाभ्न सफल भै  नेपलको सिमाना सतलज नदी सम्म पुरयाको थियो । जो सन १८१४ को सुगौली सन्धी भन्दा पहिले लगभग १० वर्ष भन्दा बढी नेपालको शासन अन्तरगत रहन गएको पाईन्छ । 
 
आज भारतले तीनै अंग्रेजको अधिनस्ततालाइ दासताको आरोपमा सराप्ने गरेको छ । तर भारतलाइ यदि अंग्रेजहरुले एकिकरण नगरेको भए सायद बिश्व मानचित्रको नक्साको स्वरुप नै भिन्न हुन्थ्यो होला ।  भारतमा चलिरहेको मराठा, सिख, मुगल र दिल्लीका बादशह बिचको कलह र आन्तरीक व्दन्दको जर्जरताका सामु नेपाल भने शक्तीशाली राज्यको रुपमा हैसियत बनाउदै पुर्वको टिष्टा देखि पश्चिमको काँकडा सम्म फैलिएको थियो । जसको मतलब भारतले पढ्न र बुझ्न जरुरी छ ।
 
सुगौलीमा गुमेको नेपाली शानः भारतको हैसियत धानी दिएको तिनै अंग्रेज ईष्ट इण्डिया कम्पनीका जनरल हगिन्सले १ नोभेम्बर १८१४ मा नेपाल बिरुध्द युध्दको घोषणा गरे । सन १८१४ को नोभेम्बरमा भएको नालापानीको भीषण युध्दमा जनरल जिलेस्पी सहित धेरै अंग्रेज सेनाले ज्यान गुमाए । तर आँखिर अंग्रेजले नालापानीमा नेपालीको पानीको मुहान नै बन्द गरी बीरबलभद्र कुँवरले किल्ला छोड्नु परयो ।
 
यसैगरी देवथलको युध्दमा भक्तीथापाले बीरता पाए । यसरी अंग्रेजले नेपाली बिशालताको सपनालाई चकनाचुर बनाई दियो । यसै समयमा नेपाल दरवार भित्रको आन्तरिक व्दन्द र बिभिन्न बाध्यताले नेपालले अंग्रेज ईष्टइण्डिया कम्पनीसंग सन १८१६ सुगौलीको सन्धी गर्नु परयो । जसबाट नेपालको सिमाना पश्चिममा महाकाली नदी र पूर्वमा मेची नदी रहन गयो । 
 
कालापानी लिपुलेक र लिम्पियाधुराको बिबादको जड भारत र साक्षी चीनः
भारत र चीन बिचको ६० को दशकको व्दन्दको समयमा नेपाले तटस्थताको नीति अवलम्बन गरेता पनि अप्रत्यक्ष रुपमा नेपालीहरुले भारतिय सेनाको सहयोग गरे । यसको एउटा कारण भारतीय तर्फबाट लड्ने मध्येका नेपाली गोर्खा पनि थिए भने अर्को नेपालको पुरानो दौत्य सम्बन्ध थियो । त्यसै कारण नेपालले भारतीय सेनालाई कालापानी क्षेत्रबाट लडाइको लागि मौन रहि मार्ग उपलब्ध गरायो । पछि गएर सन १९६२मा धेरै भारतीय सेना उक्त क्षेत्रबाट हटेपनि भारतले एउटा टुकडी त्यही राखेको ईतिहास भारतले आज बिर्सेको छ ।
 
यसका साथै नेपाल दरवारले सत्ता जोगाउन र भारतलाइ नचिढाउने नीतिका कारण सीमाबाट सेना हटाउने कामले प्राथमिकता पाएन । क्रमस नेपालमा प्रजातन्त्रको उदयसंगै नेपाली राष्ट्रवादीहरुले सीमा मुद्दालाइ उठाउदै आएता पनि भारतले आलटाल गर्दै आएको छ । उल्टो भारतले समस्या सामाधान भन्दा पनि पछिल्ला दिनमा आफ्नो नक्सामा नेपालको भूमीलाई समावेश गरि नक्सा नै जारी गरयो । जो सुगौली सन्धी भन्दा बिपरित र अहिलेको बिबादको जड बनेको छ । बिगतका वर्षमा नेपालको लागि सुगौली सन्धी आफैमा दह्रो प्रमाण हुँदाहुदै भारतले कहिले साना खोलालाई महाकाली नदी भन्ने त कहिले नेपाली भूमीमा चीनसंग सहमती गर्ने जस्ता हेपाहा कामको सुरुवात गरयो । यस मामिलामा चीनले नेपालसंगको पुरानो सम्बन्धलाई बिर्सी ब्यापारीको रुपमा भारतजस्तो बिशाल जनधनत्व भएको देशमा ब्यापार बढाउने सपनालाई प्राथमिकता दियो ।   
 
मानसरोवरमा आँखाः
बिगतमा मैले सुदुरपश्चिमको प्रमुख बिकासको आधारको रुपमा कैलाशनाथ मानसरोवर, लुम्बिनी र पशुपतिनाथसंगको जडनको बारेमा उल्लेख गरेको थिए । मानसरोवर नेपालको सगरमाथा र लुम्बिनी पछिको एकदमै महत्वपुर्ण धार्मिक पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो । जो तिब्बती भूमीमा रहेता पनि नेपाली र भारतिय हिन्दु र बौध्दमार्गीको तिर्थस्थल हो । यस मार्गले कालापानी लिपुलेकको हुदै मानसरोवरलाई जोड्छ । बिगतको नेपालले नहेरेको सुदुर भेकको यो महत्वपुर्ण स्थान भारतीय र नेपाली पर्यटका लागि मात्र नभएर अन्य हिन्दुबौध्द मार्गीलाई समेत सहज रुपमा उपयोग हुनसक्ने तिर्थयात्राको मार्ग हो । जसको उपयोगबाट हाल तिब्बतले करिव एक साताको पर्यटकीय फाईदा उठाइ रहेकोमा धेरै कमी आउने छ भने नेपालले धेरै फाईदा उठाउने देखिन्छ । यसको फाइदा लिन आफ्नो नक्सामा नपरेको जमिनलाई आफ्नो बनाउन भारतले बिचबाट अनावस्यक लफडा झिक्नाको मुख्य बिन्दु नै मानसरोवर रहेकोछ । 
 
अन्त्यमा: भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमा बोलेकै भनाइलाई सापटी लिएर भन्नु पर्दा भारत र नेपालको सम्बन्ध कागजी दस्ताले मात्र हैन दीलको रिस्ताबाट चलेको छ भन्ने कुरा क्रमस बुझिदैछ । नेपालीहरुले भने बिगत देखि नै कर्मले नै दीलको रिस्ता देखाई सकेका छन । जसका लागि नेपाली बीर गोर्खाका सन्तानले नेपालको मात्र हैन भारतको पनि सीमाको सुरक्षा गरेर होस वा जनक र जानकी र रामलाई जोडेर होस । धेरै उदाहरण पेश गरि सकेका छन । तर भारतको लागि  भने दीलको रिस्ता बोल्ने कुरा मात्र भएको हो कि भन्ने भान हुन थालेको छ  भने कागजी दस्ता (प्रमाण) लाइ समेत लत्याएको अवस्था छ । हैन भने ! नेपालीले बाध्यताले गरेको सुगौलीको सन्धी, जो अंग्रेजले भारत छोडेसंगै हराई सकेको थियो ।
 
भारतले दिल खोलेर नेपालको गुमेको भु-भाग फिर्ता दिनु पर्नेमा सुगौली सन्धी कै कागजी दस्तामा आँखालाग्नु कुन किसिमको दीलको रिस्ता हो बुझ्न सकिएन । यो दीलको रिस्ताको परीक्षा हुनेवाला छ । अब छिट्टै हुने सम्वाद र सहमतीमा भारतले दिलको रिस्ता देखाउने छ, जसमा कागजी सुगौली सन्धीका दस्ता भन्दा परको सोच र मोदीले नेपालको संसदमा बोले जस्तै बृहत हृदयको दीलको रिस्ता ।