मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो


काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार कपिलवस्तु, काठमाडौँ, दैलेख, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।
 
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा थप ७२ सहित कोरोना संक्रमितहरुको कुल संख्या ६७५ पुगेको छ । 
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ,  कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा ७२ जनामा कोरोना भाइरस पुष्टि भएको हो । 
 
हालसम्म नेपालका ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीनजनाको मृत्यु भएको छ भने आइतबार वीरगञ्जबाट एकै परिवारका १८ जना निको भई घर फकिएसँगै निको हुनेको १०५ पुगेको डा अधिकारीले जानकारी दिए ।
 
नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका डा अधिकारीले जनाएका छन् ।    
 
आइसोलेसन कक्षमा एक पुरुषको मृत्यु  
 
चितवनको भरतपुरस्थित भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा नवलपरासी रामग्राम–७ निवासी ४८ वर्षीय पुरुष रहेको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार निज पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर अस्पताल रेफर गरेको थियो । 
 
आइतबार राति साढे १२ बजे अस्पताल ल्याइएका ती पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोना भाइरसको आशंका गरिएको छ । उनको स्वाब परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ ।