मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो


चितवन । शुक्रबार चितवनमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । यससँगै शुक्रबार ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । 
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको डा अधिकारीले जानकारी दिए । 
 
अन्य संक्रमितहरुमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् । 
 
यसैगरी, नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन् । नयाँ भेटिएका सङ्क्रमितसँगै अहिलेसम्म सङ्क्रमित ४८७ पुगेका छन् । बिहीबारमात्र ३० जनामा सङ्क्रमण देखिएको थियो । 
 
अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उनका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा  रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।