मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा एक सातामा थप २४ लाख ३० हजार बेरोजगार

अमेरिकामा एक सातामा थप २४ लाख ३० हजार बेरोजगार


वेलिङ्टन । अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले बेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् ।
 
अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै बेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ ।
 
सरकारी तथ्याङ्कअनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा बेरोजगार हुनेको सङ्ख्या तीन करोडभन्दा बढी पुगेका छन् । 
 
श्रम विभागको तथ्याङ्कअनुसार मे १६ सम्ममा बेरोजगार भत्ताका लागि नयाँ दाबीसहितका आवेदनको सङ्ख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ ।
 
यद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।
 
बेरोजगार दरमा पछिल्ला केही वर्षयताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमितरूपमा औद्योगिक, व्यावसायिक गतिविधिमा स्वतः कमी आउँदा बेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ । एपी