मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर ५१ लाख ३० हजार संक्रमित, तीन लाख ३१ हजार बढीको मृत्यु

विश्वभर ५१ लाख ३० हजार संक्रमित, तीन लाख ३१ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख नाघेको छ ।  
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार बेलुकीसम्ममा विश्वभर २४ घन्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घन्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घन्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ । 
 
प्राप्त समाचारअनुसार विश्वभर ४५ हजार ६८८ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ५० हजार ६१८ को स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  
 
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३६ हजार ४२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९५ हजार ५८ पुगेको छ ।
 
कोरोना भाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १८६, जर्मनीमा ८ हजार २७१ र नेदरल्यान्ड्समा ५ हजार ७७५ जनाको मृत्यु भएको छ । 
 
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोना भाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १९ हजार ३८ को मृत्यु भएको छ । इरानमा ७ हजार २४९, मेक्सिकोमा ६ हजार ९०, क्यानाडामा ६ हजार ३१, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ । 
 
विश्वभर ५१ लाख २५ हजार ५१२ जना संक्रमितमध्ये २० लाख ४४ हजार ४९ जना निको भएका छन् । यस्तै, ३ लाख ३० हजार ८४५ ले ज्यन गुमाएका छन् । युरोपमा संक्रमितको कुल संख्या १८ लाख ४६ हजार ४४ रहेकोमा ८ लाख २३ हजार १०६ जना निको भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार ८३८ पुगेको छ । 
 
यसैगरी, उत्तर अमेरिकामा कुल १७ लाख ७९ हजार ५८० जना संक्रमितमध्ये ४ लााख ६८ हजार ५८० जना निको भएका छन् भने १ लाख ८ हजार ३७० को मृत्यु भएको छ ।  
 
यस्तै, एसियामा कुल संक्रमितको संख्या ८ लाख ८० हजार २३८ पुगेको छ । यहाँ ५ लाख १० हजार ४१९ जना निको भइ घर फर्किएका छन् भने २६ हजार ७० जनाले ज्यान गुमाएका छन् । यसैगरी, दक्षिण अमेरिकामा कुल ५ लाख २१ हजार ३२१ जना संक्रमितमध्ये १ लाख ९३ हजार ९५१ निको भएका छन् भने २६ हजार ७७९ को ज्यान गएको छ ।
 
अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९८ हजार ९२० पुगेकोमा ३९ हजार ६१७ जना निको भएका छन् भने ३ हजार ५२ जनाको निधन भएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया)मा कुल ८ हजार ६८८ बिरामीमध्ये ८ हजार २५ जना उपचारपश्चात् घर फर्किएका छन् भने जम्मा १२१ जनाले ज्यान गुमाएका छन् । 
 
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा १ लाख १३ हजार ४७८ जना बिरामीमध्ये ४६ हजार २ जना निको भएका छन् भने ३ हजार ४६५ जनाको मृत्यु भएको छ । 
 
पाकिस्तानमा कुल ४८ हजार ९१ संक्रमितमध्ये १४ हजार १५५ जना निको भएका छन् भने १ हजार १७ जनाको ज्यान गएको छ । 
 
यस्तै, बंगलादेशमा २८ हजार ५११ संक्रमित भएकोमा ५ हजार ६०२ निको भएका छन् भने ४०८ को मृत्यु भएको छ । अफगानिस्तानमा कुल ८ हजार ६७६ जना संक्रमितमध्ये ९३८ जना निको भएका छन् भने १९३ को ज्यान गएको छ । यसैगरी, श्रीलंकामा संक्रमितको संख्या १ हजार ४५ पुगेको छ भने ६०४ जना निको हुनाका साथै ९ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, माल्दिभ्समा १ हजार २१६ जनामा कोरोना भाइरस देखिएकोमा ९१ जना निको भएका छन् भने ४ जनाको ज्यान गएको छ । यस्तै, नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ भने ४९ जना निको भई घर फकिएका छन् । नेपालमा बिहीबार एक शिक्षकको मृत्यु भएसँगै ३ जनाले ज्यान गुमाएका छन् । भुटानमा २१ जनामा संक्रमण देखिएकोमा ६ जना निको भएका छन् । भुटानमा अहिलेसम्म कसैको ज्यान गएको छैन । एएफपीको सहयोगमा