मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप ३० सहित कोरोना संक्रमित ४५७ पुगे

बिहीबार थप ३० सहित कोरोना संक्रमित ४५७ पुगे


काठमाडौँ । नेपालमा भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार तीन जना संक्रमित थपिएका छन् । कोभिड–१९ बाट संक्रमित हुनेहरुमा बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।  
 
यसअघि दाङमा पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको जानकारी दिए ।  
 
संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यसअघि बिहीबार थप २६ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म संक्रमित ४५७ जना पुगेका छन् । कोभिड–१९ को संक्रमणबाट नेपालमा आजसम्म तीन जनाको मृत्यु भएको छ । उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् । 
 
घोराही–कोरोना संक्रमण पुष्टि भएका पुरूष घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा छन् । उनी यही जेठ ५ गते भारतको दिल्लीबाट आएको नगरप्रमुख नरूलाल चौधरीले जानकारी दिए । 
 
“कोरोना संक्रमण देखिएका व्यक्ति भारतको दिल्लीबाट आएको भन्ने सूचना पाएका छौंँ, उनको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने काम सुरु भएको छ”,  नगरप्रमुख चौधरीले भने । 
 
संक्रमितसँगै क्वारेन्टाइनमा पाँच जना आएका थिए । ती पुरूषमा कोरोना संक्रमण देखिएसँगै कुइरेपानीको क्वारेन्टाइन बन्द गरिएको छ । यससँगै दाङमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि गढवा गाउँपालिका वडा नं ४ र ५ का दुई पुरूषमा कोरोना पुष्टि भएको थियो । उनीहरूको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।