मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर एकै दिन थपिए एक लाख बढी कोरोना संक्रमित

विश्वभर एकै दिन थपिए एक लाख बढी कोरोना संक्रमित


काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकैदिन एक लाख बढी प्रभावित भएका छन् । यो हालसम्मकै उच्च संख्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेससले अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएका छन् ।
 
नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमित अमेरिका, रुस, ब्राजिल र भारतका छन् । अमेरिकामा २२ हजार १८०, रुसमा ८ हजार ७६४ र ब्राजिलमा २१ हजार ४७२ जना संक्रमित थपिएका छन् । यस्तै, भारतमा ५५५३, पेरुमा ४५३७ र चिलीमा ४०३८ जना एकैदिन संक्रमित भएका छन् । 
 
डब्ल्युएचओले बुधबार अहिले नै कोरोना भाइरस अन्त्य हुने दिशातर्फ अघि बढिरहेको छ भनेर नबुझ्न पनि सुझाव दिएको छ । जेनेभामा बोल्दै गेब्रेयेसुसले विकसित मुलुक कोरोना भाइरस नियन्त्रणमा आएसँगै लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेको अवस्थामा गरिब मुलुकमा यो महामारी तीव्र गतिमा फैलिन सुरु गरेको बताएका छन् ।
 
उनले अझै पनि लामो यात्रा तय गर्न बाँकी रहेको बताउँदै निम्न र मध्यम आय भएका मुलुकमा यो भाइरसको महामारी फैलिनु चिन्ताको विषय रहेको बताए । 
 
अहिले दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको छ । विश्वका धेरै मुलुकहरु कोरोना भाइरसको संक्रमण रोक्न नयाँ तरिका प्रयोग गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा यस किसिमको समाचार सार्वजनिक भएको हो । बिबिसी