मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो


नयाँदिल्ली । भारतमा गत २४ घन्टामा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ४४२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  
 
बिहीबारको तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३८ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १२ हजार ४४२ पुगेको छ ।  यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ४२२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।  
 
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३९ हजार २९७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा १२ हजार ५३७ संक्रमति रहेका छन्  । दिल्लीमा ११ हजार ८८ जना कोरोना संक्रमित रहेका छन् । 
 
भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 
 
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु थियो । 
 
भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन सुरु भएको बताएका छन् । चौंथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । 
 
विगत केही दिनयता भारतभर नै कोरोना भाइरसको संक्रमित को संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । एएनआई