मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमित एक लाख नाघे, ३३०३ जनाको मृत्यु

भारतमा कोरोना संक्रमित एक लाख नाघे, ३३०३ जनाको मृत्यु


नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ६ हजार १४७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । 
 
भारतमा विगत २४ घन्टामा १४६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ हजार ३०३ पुगेको छ । 
 
कोरोना भाइरसबाट संक्रमित कुल व्यक्तिमध्ये ४२ हजार ३०९ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६० हजार ८६४ जना उपचारका क्रममा रहेका छन् । 
 
भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् । 
 
कोरोना भाइरसको प्रकोप समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ । एनएनआई