मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु


काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ५० लाख १९ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १९ लाख ८१ हजार ४२७ निको भई घर फर्किएका छन् । 
 
विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख २५ हजार ६६८ मानिसको ज्यान गएको छ । अझै २७ लाख ११ हजार ८३४ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४५ हजार ४६० जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २६ लाख ६६ हजार ३७४ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १५ लाख ७४ हजार जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ९३ हजार ७०५ पुगेको छ । अमेरिकामा ११ लाख १८ हजार ६५३ जनाको उपचार जारी छ भने ३ लाख ६१ हजार ४१९ जना निको भई घर फर्किएका छन् । 
 
रसियामा ३ लाख ८ हजार ७०५ संक्रमित रहेका छन् भने २९७२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ७८ हजार ८०३ जना संक्रमित भएकोमा २७ हजार ७७८ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा २ लाख ७१ हजार ८८५ संक्रमित भएकोमा १७ हजार ९८३ को मृत्यु भएको छ । युकेमा २ लाख ४८ हजार ८१८ जना संक्रमित भएकोमा ३५ हजार ३४१ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २६ हजार ६८८ जना बिरामी रहेकोमा ३२ हजार १६९ को ज्यान गएको छ ।   
 
फ्रान्समा १ लाख ८० हजार ८०९ संक्रमित छन् भने २८ हजार २२ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७७ हजार ९८९ जना संक्रमित भएकोमा ८२०९ जनाको मृत्यु भएको छ ।  
 
टर्कीमा १ लाख ५१ हजार ६१५ बिरामी रहेकोमा ४१९९ जनाको निधन भएको छ । इरानमा १ लाख २६ हजार ९४९ संक्रमित छन् भने ७१८३ को मृत्यु भएको छ । भारतमा १ लाख ७ हजार ८१९ जना संक्रमित भएकोमा ३३१७ जनाको मृत्यु भएको छ ।
 
पेरुमा ९९ हजार ४८३ जना संक्रमित भएकोमा २९१४ जनाको ज्यान गएको छ । यस्तै, चीनमा ८२ हजार ९६५ संक्रमित रहेकोमा ४६३४ जनाको मृत्यु भएको छ । क्यानडामा ७९ हजार ११२ जना संक्रमित भएकोमा ५९१२ ले ज्यान गुमाएका छन् । 
 
यसैगरी, बेल्जियममा ९१५०, मेक्सिकोमा ५६६६, नेदरल्याण्ड्समा ५७४८, इक्वेडरमा २८३९, पोर्चुगलमा १२६३, स्वीट्जरल्याण्डमा १८९२, स्वीडेनमा ३८३१, आयरल्याण्डमा १५६१  जनाको मृत्यु भएको छ ।  
 
नेपालमा हालसम्म ४२७ जना संक्रमित रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । ४५ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा