मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ४८ लाख ९५ हजार संक्रमित, तीन लाख २० हजार १९२ को मृत्यु

कोभिड-१९ : विश्वभर ४८ लाख ९५ हजार संक्रमित, तीन लाख २० हजार १९२ को मृत्यु


काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४८ लाख ९५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १९ लाख ९ हजार ४३३ निको भई घर फर्किएका छन् ।
 
विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख २० हजार १९२ मानिसको ज्यान गएको छ । अझै २६ लाख ६४ हजार ९५७ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४४ हजार ७७१ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २६ लाख २० हजार १८६ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १५ लाख ५० हजार २९४ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ९१ हजार ९८१ पुगेको छ । अमेरिकामा ११ लाख १ हजार ९३० जनाको उपचार जारी छ भने ३ लाख ५६ हजार ३८३ जना निको भई घर फर्किएका छन् । 
 
रसियामा २ लाख ९० हजार ६७८ संक्रमित रहेका छन् भने २७२२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ७८ हजार १८८ जना संक्रमित भएकोमा २७ हजार ७०९ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा २ लाख ५५ हजार ३६८ संक्रमित भएकोमा १६ हजार ८५३ को मृत्यु भएको छ । युकेमा २ लाख ४६ हजार ४०८ जना संक्रमित भएकोमा ३४ हजार ७९६ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २५ हजार ८८६ जना बिरामी रहेकोमा ३२ हजार ७ को ज्यान गएको छ ।   
 
फ्रान्समा १ लाख ७९ हजार ९२७ संक्रमित छन् भने २८ हजार २३९ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७७ हजार २८९ जना संक्रमित भएकोमा ८१२३ जनाको मृत्यु भएको छ ।  
 
टर्कीमा १ लाख ५० हजार ५९३ बिरामी रहेकोमा ४१७१ जनाको निधन भएको छ । इरानमा १ लाख २२ हजार ४९२ संक्रमित छन् भने ७०५७ को मृत्यु भएको छ । भारतमा १ लाख १ हजार २६१ जना संक्रमित भएकोमा ३१६४ जनाको मृत्यु भएको छ । पेरुमा ९४ हजार ९३३ जना संक्रमित भएकोमा २७८९ जनाको ज्यान गएको छ । यस्तै, चीनमा ८२ हजार ९६० संक्रमित रहेकोमा ४६३४ जनाको मृत्यु भएको छ । क्यानडामा ७८ हजार ७२ जना संक्रमित भएकोमा ५८४२ ले ज्यान गुमाएका छन् । 
 
यसैगरी, बेल्जियममा ९०८०, मेक्सिकोमा ५३३२, नेदरल्याण्ड्समा ५६९४, इक्वेडरमा २७९९, पोर्चुगलमा १२३१, स्वीट्जरल्याण्डमा १८८६, स्वीडेनमा ३६९८, आयरल्याण्डमा १५४७ जनाको मृत्यु भएको छ । 
 
नेपालमा हालसम्म ३७५ जना संक्रमित रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । ३६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा