मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजले चलाएको क्लास समापन (भिडियो सहित )

नेपाली समाजले चलाएको क्लास समापन (भिडियो सहित )


 हिमालयखबर संबाददादा 
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले बालबालिकाहरुका लागि सञ्चालन गरेको कक्षा आइतबारबाट समापन भएको छ ।
 
सुरुका केही साता भौतिक रुपमा कक्षाकोठामै पढाई भएपनि पछि कोरोना भाइरसका कारण भर्चुअल (अनलाइन) बाट बालबालिकाहरुलाई पढाइएको थियो । जुम प्रविधि प्रयोग गरेर विद्यार्थीहरुलाई पढाई र अतिरिक्त कृयाकलापमा सहभागी गराइएको थियो ।
 
आइतबार समापनका अवसरमा विद्यार्थीहरुले आफ्नो घरमै बसेर जुमबाटै आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । उनीहरुले नाचगानका अतिरिक्त आफ्ना प्रतिभाहरु प्रस्तुत गरेको स्कुलका प्रिन्सिपल विजयराज भट्टराईले जानकारी दिए ।
 
‘भौतिक रुपमा स्कुलमा सञ्चालन गर्न नसकेपछि सुरु भैसकेको क्लासलाई नयाँ प्रविधिको प्रयोग गरेर सम्पन्न गर्नु हाम्रो दायित्व पनि थियो’ भट्टराईले भने । सोही अनुसार तोकिएको समयमा क्लास सुरु गरेर निर्धारित समयमै सम्पन्न गरिएको हो ।
 
अनलाइन क्लास ग्राजुयट कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका तर्फबाट विनय अर्याल, अभिभावकको तर्फबाट मनोहर उप्रेती, शिक्षकका तर्फबाट भोजबहादुर बलायर लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
झण्डै तीन महिनासम्म सञ्चालन भएको कक्षामा सुशील चौधरी, भोज बलायर र श्रद्धा अधिकारीले अध्यापन गराएका थिए । 
 
दुई सातापछि अतिरिक्त कृयाकलाप समेत समेटिने गरि समर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।