मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली युवा आर्थर अमेरिकन आइडलमा उपविजेता

नेपाली युवा आर्थर अमेरिकन आइडलमा उपविजेता


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा बस्दै आएका नेपाली युवा आर्थर गन अर्थात दिवेश पोखरेलले अमेरिकन आइडलको उपविजेता भएका छन् । नेपाली समुदायले उनी प्रथम हुने अाशा र अपेक्षा गरेका थिए । तर उनले दोस्रो स्थानमा चित्त वुझाउनु परेको छ । २१ बर्षिय आर्थरले अन्तिम चरणमा पुगेका ७ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै एवीसी च्यानलमा प्रसारित १८ औं संस्करणको अमेरिकन आइडलको उपविजेता वनेका हुन् ।
 
प्रतिस्पर्धी  जस्ट साम अमेरिकन आइडल बनेकी छन् । अफ्रिकन मुलुक लाइबेरियाबाट अाएर अमेरिकामा उनी संघर्षशील जीवन बिताइरहेकी थिइन्  । यो कार्यक्रम अमेरिकी सांगितिक क्षेत्रमा प्रवेश गर्ने सुनौलो अवसर हो । कार्यक्रम आयोजकले पनि विजेतालाई तत्काल पुरस्कारका साथै सांगितिक क्षेत्रमा आउन विभिन्न प्रकारले प्रोत्साहन गर्छन ।
 
भोटका आधारमा साम र आर्थर उस्कृष्ट दुइमा मा पुगेका थिए ।
 
अमेरिकामा यस्तो प्रतिष्ठित सांगितिक प्रतियोगिता उपविजेता हुने आर्थर पहिलो नेपाली युवा भएका छन् । आर्थरसंगैं यो कार्यक्रममा नेपालको पनि प्रवर्धन पनि भएको छ । आर्थरसँगै पटक पटक नेपाल र काठमाडौ पनि देखाईएको थियो । आइतवार फाइनलका दिन एकजना निर्णायकले त , काठमाडौमा तिमी जस्तै अरु प्रतिभाशाली युवालाई अर्को अर्को सिजनका अमेरिकन आइडलमा जान भन है, भन्ने सुझाव समेत दिएका थिए ।
 
अनलाइन भोटका आधारमा आर्थर पनि अगाडी आएका थिए । अमेरिका लगायत विश्वभरका सयौं नेपालीले उनका पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।  कयौं नेपालीले आर्थरको पक्षमा सामाजिक संजाल तताएका थिए । उनलाई मनपराउने, भोट हाल्न र समाजिक संजालमा प्रतिकृया दिनेमा अमेरिकीहरु पनि कम थिएनन् । निर्णायकहरुले पनि आर्थरको पटक पटक प्रशंसा गरेका थिए । एकजनाले अनलाइनमा ३० वटा सम्म भोट गर्न पाउने व्यवस्था थियो ।
 
काठमाडौमा स्कुल सकेर २०१४ मा अमेरिका आएका आर्थरको सरलतालाई अमेरिकन आइडलका निर्णायक र दर्शकले मन पराएका थिए ।  गितारमा पर्दामा देखिने गरेका आर्थर अमेरिकाको विविधिकरणको प्रतिनिधित्व पनि गरेका थिए । अन्तिम चरणमा पुगेका सातै जना युवा प्रतिभाशाली त थिए नै यसवाहेक उनीहरुका आ आफ्नै कथा थिए ।