मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृषिमा आधारित उद्योगको स्थापना गर्न सांसद् आचार्यको माग

कृषिमा आधारित उद्योगको स्थापना गर्न सांसद् आचार्यको माग


काठमाडौँ । सांसद् मोहन आचार्यले प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषिको व्यावसायीकरणमा जोड दिनुपर्ने बताए । 
 
उनले कृषिको व्यावसायीकरण र राजगारी अभिवृद्धिका लागि कृषिमा आधारित उद्योगहरुको स्थापनामा जोड दिन माग गरे । 
 
सांसद् आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालीन र दीर्र्घकालीन असरलाई मघ्यनजर गरी सोहीबमोजिम नीतिगत सम्बोधन गर्न सरकारलाई आग्रह गरे । 
 
नेपालको तुलनात्मक लाभ भएको क्षेत्र जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गर्न देशीय र अन्तरदेशीय प्रशारण लाइन विस्तारलाई अगाडि बढाउन माग गर्दै सासद् आचार्यले कोरोनाबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गर्न माग गरे । 
 
तुलनात्मकरुपमा नेपाली बैंकहरुको व्याजदर महँगो रहेको भन्दै सांसद् आचार्यले उत्पादनमुलक उद्योगले लिने ऋणको व्याजदर र अन्य क्षेत्रको ऋणको व्याजदरमा फरक हुनुपर्ने बताए । 
 
अहिलेको अवस्थामा राहत प्याकेजले सबैलाई सम्बोधन गर्न सक्नुपर्ने माग गर्दै सांसद् आचार्यले विदेशमा अलपत्र परेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर स्वदेश पर्काउने व्यबस्था गर्न सरकारसँग माग गरे । राज्यले छनौट गर्ने योजनाहरु उचित हुनुपर्ने पनि उनले बताएका छन् ।